धनकुटाको मेयर र महालक्ष्मी ८ का वडाध्यक्षको मतगणनाका कागजात झिकाउन अदालती आदेश

  • १ श्रावण २०७९, आईतवार

स्थानीय तहको निर्वाचनको क्रममा धनकुटा नगरपालिकामा मेयर पदको र महालक्ष्मी नगरपालिका वडा नं. ८ मा वडाध्यक्षको पदको मतगणना दोहो¥याई पाउँ भनी दिएको निवेदनमा उच्च अदालत धनकुटाको ईजलासले मतगणना गर्दा गरिएको मुचुल्का फायलहरु लगायतकाका कागज झिकाउन आदेश दिएको छ ।

उच्च अदालतले मतगणना गर्दा गरिएको मुचुल्का, फायलहरु, मतगणना स्थलको सि.सि. टि. भि फुटेज, निर्वाचन परिमाण घोषणा सम्वन्धि कागजात, मुख्य निर्वाचन अधिकृत समक्ष दोहो¥या पाउ भनी दिएको निवेदन लगायतका कागजात झिकाउन आदेश भएको वहसमा संलग्न कानुन व्यावसायी रमेश श्रेष्ठले वताए ।
उच्च अदालत विराटनगरको धनकुटा ईजलासका न्यायधिस रमेश कुमार खत्री र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले उक्त आदेश गरेको हो ।
धनकुटा नगरपालिकाका नेपाली कांग्रेसका मेयरका उम्मेदवार दिनेश राई र महालक्ष्मी नगरपालिका वडा नं. ८ का नेपाली कांग्रेसका उम्मेदवार हिक्मत वहादुर भण्डारीको तर्फबाट उक्त मतगणना दोहो¥याई पाउन भनी दिएको निवेदनका पक्षमा धनकुटाका अधिवक्ताहरु कृष्ण सेढाई, दिपक गुरागाई, ठगिन कुमार राई र रमेश श्रेष्ठले बहस गरेका थिए ।