धनकुटामा एयरपोर्ट र मेडिकल कलेज बनाउन माग गर्दै प्रधानमन्त्रीकोमा पुगे धनकुटाका नेताहरु

  • १३ श्रावण २०७९, शुक्रबार

धनकुटाका केही स्थानीय पालिकाका जनप्रतिनिधि तथा नेपाली कांग्रेसका नेताहरूको एक टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी धनकुटाको विकासका लागि विभिन्न माग राखेको छ।

मागपत्रमा धनकुटा अस्पताललाई शिक्षण अस्पताल (मेडकल कजेल) बनाउन ,धनकुटाको बेलहारा डाँडामा एयरपोर्ट निर्माण गर्न ,धनकुटाको हिलेमा रहेको नेपाली सेनाको पूर्व कमाण्ड परिसरमा सैनिक अस्पताल र सैनिक विद्यालय स्थापना गर्न माग गरिएको छ । त्यसैगरी धनकुटाका शहिद परिवारहरुलाई आर्थिक सहयोग र रोजगारको व्यवस्था, धनकुटा बजार क्षेत्रमा व्यवस्थित ढल निर्माण, धनकुटाको भेडेटार लगायतका क्षेत्रहरुलाई पर्यटन क्षेत्रको रूपमा प्रबर्द्धन गर्न बजेट माग गर्ने लगायत माग राखेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाइएको कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिल वहादुर थापा, पूर्व आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सभापति दिनेश राई, उपसभापति निर्मल प्रसाद ओझा, सचिवहरु विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग, महालक्ष्मी नगरपालिका मेयर ध्रवराज राया, साँगुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र राई, क्षेत्रिय सभापति ख का राजन पौडेल, नेपाली कांग्रेस धनकुटाका नेताहरु मदन घिमिरे, दुर्गा सुवेदी, यम प्रकाश मगर लगायतको उपस्थिति थियो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले धनकुटा कांग्रेसले राखेका सम्पूर्ण मागहरु क्रमश पुरा गर्दै जाने वताउदै निर्वाचन जित्नका लागि सवैलाई परिचालन गर्न निर्देशन दिएको राइले बताए ।

ठाउँ ठाउँमा टेलिकमको टावर निर्माण गर्न संचारमन्त्री समक्ष माग                         धनकुटेली टोलीले धनकुटा जिल्लाका दुर्गम क्षेत्रहरु र बजार क्षेत्रहरुमा समेत टेलिफोन सम्पर्क असहज भएको भन्दै बिहीबार संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीलाई भेटेर धनकुटा जिल्लाका विभिन्न गाउँपालिकाहरुमा टेलिकमको टावर निर्माणको ब्यबस्था गर्न माग गरेको थियो ।

संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले यसै आर्थिक बर्ष भित्र धनकुटा जिल्लाका विभिन्न पालिकाहरुमा टेलिकमको टावर निर्माण गरी टेलिकमको नेटर्वक विस्तार गर्ने र अन्य मागहरु समेत पुरा गर्ने गरी धनकुटाको विकास र समृद्धीमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।                 केन्द्रिय नेतादेखि मन्त्रीहरुसँग पनि भेट 
धनकुटाबाट काठमाण्डौ गएको कांग्रेस धनकुटाका नेता तथा जनप्रतिनिधिको टोलीले नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय नेताहरु केन्द्रिय उपसभापति धनराज गुरुङ, महामन्त्री गगन कुमार थापा, महामन्त्री विश्व प्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङ्गदम्वे र पूर्व मन्त्री तथा केन्द्रिय सदस्य सुनिल वहादुर थापा लगायतसँग पनि भेटघाट गरेको छ ।

टोलीले दुई दिनअघि नेपाल सरकारका वन तथा बातारण मन्त्री प्रदीप यादव, भौतिक पूर्वाधार तथा यातायत मन्त्री मोहम्मद ईस्तियाक राई, खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरी, यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, सहरी किावस मन्त्री मेटमणी चौधरीलाई भेटघाट गरी धनकुटामा विभिन्न माग पेस गरेको थियो ।