अन्तर्राष्ट्रिय स्तरका दुई पदक जित्दै मोरङ सुन्दरहरैंचाकी दीपाले रचिन् इतिहास

  • ३१ भाद्र २०७९, शुक्रबार

मोरङको सुन्दरहरैंचा ८ सलकपुरकी दीपा विष्टले ९ औँ आइ बी पी च्याम्पेनसीपमा स्वर्ण पदक र वर्ल्ड स्थ्रेन्थ लिफ्टिङ मा रजत पदक जितेकी छिन् ।

किर्गिस्तानमा सम्पन्न प्रतियोगितामा डिभाईन फिजिकल फिटनेस नेपालबाट सहभागी भएकी बिष्टले नेपालको प्रतिनिधित्व गर्दै ७२ केजी माथिको तौल समुहमा एकसाथ दुई पदक जितेकी हुन ।

प्रदेश १ स्तरीय स्ट्रेन्थ लिफ्टीङ महिला ओभरअल प्रतियोगीतामा स्वर्ण पदक जितेकी उनी अन्य प्रदेशका स्वर्णपदक विजेताहरुलाइ उछिन्दै राष्ट्रिय प्रतियोगीताबाट किर्गिस्तान जान छनौट भएकी थिइन ।

सोही प्रतियोगीता अन्तर्गत ७२ केजी माथिको सिनियर ईन्क्लाईन बारवेल र वाईसेप कलमा उनले यसअघिको विश्व रेकर्ड समेत तोडेकी छिन् ।

प्रतियोगीता भदौ २० बाट २५ सम्म किर्गिस्तामा सम्पन्न भएको थियो । यो खेललाई नेपालमा नयाँ खेलका रुपमा हेरिने गरिएको छ । प्रतियोगिता सकेर दिपा किर्गिस्तानबाट स्वदेश फर्किसकेकी छिन् ।