भारतले नेपाललाइ दियो २ सय वटा गाडी, कहाँ होलान् यसअघिका ६ हजार गाडी ?

  • १६ कार्तिक २०७९, बुधबार

बिशेष गरी निर्वाचनलाइ केन्द्रित गर्दै भारतले नेपाल सरकारलाइ २ सय वटा सवारी साधन सहयोग गरेको छ ।

मंगलबार एक कार्यक्रम गरी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई ती गाडीको चाबी हस्तान्तरण गरेका छन् ।

नेपालस्थित भारतीय दूतावासले ट्वीट गर्दै यो कुराको पुष्टि गरेको छ । नेपालका लागि भारतीय राजदूत अम्ब श्री नवीन श्रीवास्तवले भारत सरकारको तर्फबाट नेपालका अर्थमन्त्री जनार्दन शर्मालाई २ सय वटा गाडी हस्तान्तरण गरेको जानकारी दिएका छन् ।

उपहार स्वरुप दिइएका गाडीमध्ये १ सय २० वटा सुरक्षाकर्मीको प्रयोगका लागि र ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने बताइएको छ ।

नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरूमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारी साधन उपलब्ध गराउँदै आएको थियो ।

यसअघि भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि करिब २ हजार र नेपाली सेना र निर्वाचन आयोगलाई करिब ४ सय सवारी साधन उपलब्ध गराइसकेको भारतीय दूतावासले जनाएको छ ।