पुष्पदर्शन साकोसको १७ औं बार्षिक साधारण सभा सम्पन्न

  • २४ भाद्र २०८०, आईतवार

माेरङकाे सुन्दरहरैँचा १० स्थित पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था लि.काे १७ अाै बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका सचिव डाेलेश्वर तिम्सिनाले सञ्चालक समितिकाे तर्फबाट प्रस्तुत प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्य याेजना प्रस्तुत गरेका थिए । त्यस्तै  लेखा संयाेजक पुरूषाेत्तम नेपालले लेखा तथा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा लक्ष्मी गुप्तालाई उत्कृष्ट मासिक बचत पुरस्कार तथा असल ऋणी पुरस्कारबाट अस्मिता तामाङ , बिमला दाहाल तथा मनिर महमतलाई पुरस्कृत गरिएकाे थियाे । त्यसैगरी प्राश्ना नेपाललाई उत्कृष्ट बाल बचत पुरस्कार तथा कटुवाल तथा दुर्गादेवी पाेखरेललाइ जेष्ठ सदस्य सम्मान गरिएकाे थियाे । साधारण सभामा मानबहादुर कटुवाल तथा धनप्रसाद दाहाललाई पूर्व अध्यक्ष सम्मान साथै नारायण देउजा तथा दिया विश्वकर्मालाइ उत्कृष्ट एस.इ.इ. पुरस्कारबाट सम्मान गरिएको थियाे।

साधारण सभामा संस्थाका पूर्व सल्लाहकार राजेन्द्रप्रसाद ढकाल , सहकारी संस्था लि. हरैँचाका अध्यक्ष गाेकुल तिम्सिना लगायतले बाेलेका थिए। साधारण सभामा सञ्चालक समितिकाे काेषाध्यक्ष तथा लेखा समितिका दुई सदस्यकाे निर्वाचन समेत गरिएको थियाे ।

आ.व. २०७९/०८० सम्ममा संस्थाकाे सदस्य संख्या १ हजार २ सय ८७ तथा शेयर रकम रू ३ कराेड १० लाख १८ हजार २ सय रहेको छ ।  ६ कराेड ६६ लाख ४३ हजार ७ सय २७ बचत रहेको संस्थाको काेष रकम रू ९९ लाख ९ हजार ५ सय ९३ तथा ऋण लगानी रकम रू ९ कराेड ४६ लाख ६० हजार ३ सय १३ रहेको साधारणसभामा जानकारी गराइयाे ।

साधारण सभामा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेमप्रकाश काेइरालाले सहकारी संस्था नीति , नियम र इमान्दारीताले चल्ने भएकोले यसलाई हरेक सदस्यले ध्यान दिन जरूरी रहेको उल्लेख गर्दै सुन्दरहरैँचा महानगर पछि सबै भन्दा धेरै सहकारी भएको पालिका भएको बताए । साधारण सभा शिवलाल कटुवालकाे सभापतित्वमा सम्पन्न भएको थियाे।