देवीझोडा सामुदायिक वनको २४ औं साधारणसभा सम्पन्न 

  • ८ आश्विन २०८०, सोमबार

मोरङ केराबारी ९ स्थित देवीझोडा सामुदायिक वनको २४ औं बार्षिक साधारणसभा  विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ ।

सामुदायिक वनको भवन निर्माणाधीन स्थलमा शनिबार उपभोक्ताहरुको व्यापक सहभागितासहित साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा अध्यक्ष गोबिन्द बस्नेत, सचिव समीर सोदेम्बा र कोषाध्यक्ष आशा लिम्बूले आ-आफ्नो प्रतिवेदन पेश गरेका थिए ।

 २४ औं वाषिर्क साधारणसभामा केरावारी गाउपालिका अध्यक्ष सुमन मिरिङचिङ मगर प्रमुख अतिथि तथा सव डिभिजन वन कार्यलय केराबारी प्रमुख रुद्र प्रसाद यादव , केरावारी गाउपालिका वडा न ९ अध्यक्ष गाेपाल याक्खा राई, विशिष्ट अतिथि थिए । अतिथिहरुमा सामुदायिक वन उपभोक्ता महासघ महासचिव वाल कुमारी वजगाई लगायत  छिमेकी सामुदायिक वन प्रतिनिधि, सशस्त्र वन कार्यलय सलकपुर प्रतिनिधि, विभिन्न सघ सस्था,क्लव, विधालय,सहकारी सस्था,टाेल विकास सस्थाका प्रतिनिधि, पत्रकार, पुर्वअध्यक्ष ,सल्लाकार,वुद्दिजिवि,समाजसेवि,तथा अाम उपभोक्ताहरुकाे उपस्थिति थियो ।

साधारणसभामक ७० वर्ष नागेका वृद्ध जेष्ठ सदस्य, पृर्व अध्यक्ष,उत्कृष्ट विधार्थी तथा कार्यसमिति सदस्यहरुलाइ पनि सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा गाेपाल मेमाेरियल स्कुलका विधार्थी तथा स्थानिय कलाकारहरुले नुत्य प्रस्तुत गरेका थिए ।

केही समयअघि डिभिजन वन कार्यालय मोरङबाट जिल्लाकै उत्कृष्ट सामुदायिक वनको रूपमा पुरस्कृत यस वन समूहले वन संरक्षणको क्षेत्रमा समेत उदाहरणीय काम गर्दै आएको छ । यस वनले अति बिपन्न १७ घरधुरीका ८२ जनाको नि:शुल्क स्वास्थ्य बीमा गरिदिएको छ । त्यस्तै क्यान्सर जस्ता प्राणघातक रोग लागेका उपभोक्तालाइ जनही २० हजार सहयोग गर्दै आएको छ ।

गत बर्ष निर्वाचित वनको समितिले पाँच बर्षे कार्ययोजना बनाएर सोही अनुसार काम गर्दै आएको छ । अघिल्लो कार्यसमितिबाट भुक्तानी दिन बाँकी कटाएर १८ लाख ३६ हजार ४ सय ४९ रुपैयाँ ३८ पैसा नगद र उपभोक्ताबाट उठाउन बाँकी २ लाख १६ हजार ४ सय ८१ रुपैयाँ र जिल्ला वन आपूर्ति समितिको लागि छुट्याइएको उठाउन बाँकी ५ सय २३ क्युबिक फिट काठ बुझ बुझारथ भएको अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ । बार्षिक कार्ययोजना स्वीकृत गरी आर्थिक बर्ष २०७९/०८० को अबधिमा सब डिभिजन वन कार्यालय केराबारीको सहयोगमा सामुदायिक वन क्षेत्रबाट ४ हजार ४ सय ३५ दशमलव ६५ क्युबिक फिट लकडी तथा साल र ५ चट्टा दाउरा निकालिएको तथा ३ हजार ४०२ दशमलव ४ क्युबिक फिट लकडी र साढे ३ चट्टा दाउरा उपभोक्तालाई बिक्री बितरण गरिएको सामुदायिक वनका अध्यक्ष गोबिन्द बस्नेतले बताए । बिक्री बितरण गरेर बाँकी रहेको मौज्दात १ हजार ३३ दशमलव ३१ क्युबिक फिट लकडी मध्येबाट वन समुहको निर्माणाधीन भवनका लागि चिरान गरी राखिएको र बाँकीबाट जिल्ला वन आपूर्ति समितिको लागि ३ सय ४७ दशमलव ६९ क्युबिक फिट छुट्याइएको र ५ सय २३ दशमलव ५२ क्युबिक फिट लकडी बाह्य बिक्री गरिएको साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कोषाध्यक्षको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७९/०८० मा यस सामुदायिक वनले वन पैदावार बिक्रीबाट ८६ लाख ७ हजार २ सय पाँच रुपैयाँ, उपभोक्ताबाट १ लाख ३२ हजार २ सय १९ रुपैयाँ, डिभिजन वन कार्यालय मोरङबाट सहयोग अनुदान १ लाख ९१ हजार तथा अन्य आम्दानी १ लाख ३० हजार ८ सय ४४ रुपैयाँ ३८ पैसा बाट भुक्तानी दिन बाँकी ५० हजार ७ सय ९० रुपैयाँ ५३ पैसा कटाएर  कुल ९१ लाख १२ हजार ५ सय ५८ रुपैयाँ ९१ पैसा आम्दानी गरेको थियो । जसबाट वन बिकास तथा संरक्षणका लागि २० लाख ३६ हजार १ सय ९८ रुपैयाँ, वन पैदावार ब्यबस्थापनमा १४ लाख ८३ हजार ३ सय ९० रुपैयाँ, प्रसाशनिक तथा संचालन खर्च १० लाख ३५ हजार ८ सय ७० रुपैयाँ, गरिबी निवारण खर्च ४ लाख १ हजार ७ सय रुपैयाँ, पुँजीगत तथा पुर्वाधार (भवन निर्माण शुरु) मा २१ लाख ८९  हजार ९ सय ३२ रुपैयाँ, भू-संरक्षण तथा सामुदायिक बिकास खर्च ११ लाख १ हजार ९ सय ९० रुपैयाँ, कर भुक्तानी खर्च २ लाख ५९ हजार २ सय ६८ रुपैयाँ ४ पैसा, सहयोग तथा अनुदान २ लाख ३९ हजार १ सय ५५ रुपैयाँ, तिर्न बाँकी रहेकोबाट भुक्तानी दिइएको १ लाख ७४ हजार ८;रुपैयाँ ६ पैसा भुक्तानी दिन बाँकी कर समेत गरी कूल ८९ लाख ७२ हजार ३ सय २ रुपैयाँ ५३ पैसा खर्च भएको र १ लाख ४० हजार २ सय ५६ रुपैयाँ ४ पैसा मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ ।

१ सय ४७ दशमलव ७५ हेक्टर क्षेत्रफल रहेको यस सामुदायिक वनमा ३ सय ३० घरधुरी उपभोक्ता छन् । कर्मचारी राखेर कम्प्युटर प्रणाली मार्फत हिसाब किताब (लेखा प्रणाली) संचालन गर्दै आएको यस सामुदायिक वनले ६ कठ्ठा जग्गा खरिद गरी ठुलो भवन निर्माण गर्न थालेको छ ।