बेलबारी गोल्डकपको दोस्रो खेलमा भारतलाई हताउँदै सिराहा बिजयी

  • २९ आश्विन २०८०, सोमबार

बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो दिन सोमबार  युकेएफसी भारतलाई लज्जास्पद हार चखाउँदै सलहेस युवा क्लब सिराहा बिजयी भएको छ ।

सहलेशका लागि ४-० को नतिजा निकाल्ने क्रममा वान भर्सेर वानमा फैजलले २४ मिनेटमा,फोडेफोफोनाको पासमा हरि कार्कीले दोस्रो गोल ३६ मिनेट विलाल घलानको पासमा फोफोना ईभ्राईनले तेस्रो गोल ३९ मिनेटमा र फोफोना ईभ्राईनले खेलको ६० मिनेटमा चौथो गोल गरेका थिए । खेलको दोस्रो हाफको १७ मिनेटमा राज राउतको फितलो प्रहार सहलेस सिराहाका गोल किपर अनिस देउलाले बचाएका थिए ।

खेलका म्यान अफ द म्याच सहलेस सिराहाका फोफोना ईभ्राईम घोषित भए । मंगलबारको खेल रारा फुटवल क्लव राजारानी धनकटा र व्रिगेड ब्वाईज काठमाडौंका बिच हुने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तवाले बताए ।