आयोजकलाइ ३-० ले हराउँदै बिग्रेड ब्वाईज बेलबारी गोल्डकपको फाईनलमा

  • २ कार्तिक २०८०, बिहीबार

बिग्रेड ब्वाईज बेलबारी गोल्डकपको फाईनलमा
मोरङको बेलबारीमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको पहिलो सेमिफाइनल खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई ३-० गोलले हराउँदै बिग्रेड ब्वाईज क्लब फाईनलमा पुगेको छ ।

बिहीबार भएको खेलको चौथो मिनेटमै राजु लोप्चनको गोलमा डाँगीहाटले खेलमा अग्रता लिएको थियो । लोप्चनले मौसम लिम्बूको ब्याक फिलिक किकको सदुपयोग गर्दै गोल गरेका थिए ।

मध्यान्तरसम्म १-० गोलले पछाडी परेको ब्रिगेडले दोस्रो हाफ शुरु हुँदै  ४६ औं मिनेटमा  रोशन रानाको गोलमार्फत बरारीको नतिजा बनाएको थियो । ३५ यार्डबाट दिपेश घलेले उपलब्ध गराएको पासलाई रानाले गोलमा परिणत गराएका थिए ।

ब्रिगेडले ५७ औं मिनेटमा दिपेश घलेको गोलबाट अग्रता लियो । कुशल देउवाको प्रहार गोलपोष्टको  बारमा लागेर डिबक्समा फर्किएको बललाई दिपेशले गोलमा परिणत गरेका थिए । ब्रिगेडका लागि ७१ औं मिनेटमा कुशल देउवाको पासमा गोल गर्दै दिपेशले टिमलाई ३-० को अबस्थामा पुर्याए । दिपेश खेलको  म्यान अफ द म्याच भए ।

शुक्रबार दोस्रो सेमिफाइनल खेल सहलेश युथ क्लब सिरहा र विर्तामोड यूथ क्लब झापा बीच हुनेछ । दोस्रो सेमिफाइनल खेलको बिजेताले कार्तिक ४ गते हुने फाइनलमा  बिग्रेड ब्वाईज क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगितामा नेपाल र भारतका गरि ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता बिजेताले ८ लाख नगद,ट्रफी  र प्रमाणपत्र, उपबिजेताले ५ लाख नगद,ट्रफी र प्रमाणपत्र पाउनेछन ।  प्रतियोगिता बिजेताले ८ लाख,उपबिजेताले नगद ५ लाख ट्रफी र प्रमाणपत्र पाउनेछन ।