बेलबारी गोल्डकपको फाइनलमा पुगे बिर्तामोड र ब्रिग्रेड ब्याइज

  • ४ कार्तिक २०८०, शनिबार

अर्जुन काफ्ले, पथरी
बिर्तामोड युनाइटेड झापा मोरङमा जारी बेलबारी अन्तराष्ट्रीय आमन्त्रण गोल्ड कपको फाइनलमा प्रबेश गरेको छ । शुक्रवार भएको अन्तिम सेमिफाइनलमा सहलेस युथ क्लब सिरहालाई सडनडेथमा सहलेसलाई पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो ।
सडनडेथमा कोमल खवास गोल गर्न चुक्दा सहलेस पराजित भएको हो । सडनडेथमा बिर्तामोडका जीवन गुरुङले गोल गर्दै टिमलाई फाइनल सम्म पुर्‍याए ।
पहिलो हाफमै लिएको अग्रता जोगाउन नसक्दा सहलेस निरास बन्यो ।
फोडे फोफनाले सहलेसका लागि गोल गरेका थिए भने झापाका आशिष चापागाईंले गोल गरे ।
खेलको १९ औं मिनेटमा सिराहाका विशाल घलानले प्रहार गरेको फ्रीकिकलाई फोफनाले हेड मार्फत गोल गरेका हुन ।
निक्कै आक्रमक खेल खेलेको सहलेसले गोलका अबसर पाए पनि थप गोल गर्न सकेन ।
झापाका आशिष चापागाईंले खेलको ५९ औं मिनेटमा फ्रीकिक मार्फत दर्शनिय गोल गरे । १५ याड टाडामा पाएको फ्रीकिक लाई दोश्रो बार च्याप्दै गोल गर्दा सहलेशका गोल किपर अनिश देउलाले बलको अन्दाज गर्न सकेनन ।
खेल बराबरीमा टुङिएपछी खेल ट्राइबेकर तर्फ धकेलिएको थियो । ट्राइबेकरमा सिरहाका प्रबेश दनुवार, कुलदिप कार्की र फोफना इब्राइम ले गोल गर्दा एकराज बुढाथोकी र बिदेशी खेलाडी फैजलको प्रहार बिर्तामोडका गोल किपर बिबेक मगरले बचाए । बिर्तामोडका समीर गुरुङ, आशिष चापागाईं र विशाल दर्जीले गोल गरे । बिर्तामोडका अभिषेक गुरुङको प्रहार पोलमा ठोकिएर बाहिर गयो भने बिबेक मगरको प्रहार गोलकिपर अनिश देउलाले बचाए । खेलको म्यान अफ द म्याच बिर्तामोडका आशिष चापागाई घोषीत भए ।
शनिबार हुने फाइनल खेलमा ब्रिग्रेड ब्याइज क्लब काठमाडौ र बिर्तामोड युनाइटेड झापा बिच हुने छ ।
प्रतियोगिताका बिजेताले ८ लाख नगद र ट्रफी प्राप्त गर्ने छ भने उपबिजेताले ५ लाख नगद र ट्रफी प्राप्त गर्ने छ ।