सुकुना क्याम्पसको सत्राैं परिषद बैठक, १ सय ७४ जना विद्यार्थीलाई छात्रवृत्ति

  • १२ मंसिर २०८०, मंगलवार

मोरङ सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसले १ सय ७४ जना  विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ ।

सञ्चालक परिषदको सत्राैं बैठकको अवसरमा क्याम्पसमा स्थापना भएको अक्षयकोष , दाता तथा विभिन्न संघसंस्थाहरूको सहयोगमा साेमवार क्याम्पसले विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको हाे । १ सय ७४ विद्यार्थीहरुलाइ जम्मा १३ लाख ४० हजार बराबरको छात्रवृत्ति वितरण गरिएको क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताए ।

सोमवार भएको सत्रौँ बैठकको विहानी सत्रमा छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरिएको थियो ।  छात्रवृत्ति अक्षय कोषदाताबाट प्राप्त भएको अक्षयकोषको व्याजबाट ५ लाख १५ हजार, विभिन्न बैङ्क, सहकारी , उद्योग‚ प्रतिष्ठान‚ क्लव‚ व्यक्तिहरुबाट प्राप्त भएको ४ लाख २५ हजार तथा क्याम्पस स्रोतबाट ४ लाख गरी जम्मा  १३ लाख ४० हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको क्याम्पस प्रसासनले जनाएको छ ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दमक क्याम्पसमा आयोजित कोसी प्रदेश स्तरीय फुटसल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने क्याम्पसका १० जना विद्यार्थीहरूलाई नगद रकम र प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू‚ पूर्व क्याम्पस प्रमुखहरू रामप्रसाद काफ्ले‚ पीतकुमार श्रेष्ठ‚ अक्षय कोषदाताहरू‚ छात्रवृत्ति दाता सङ्घरसंस्था र व्यक्तिहरू‚ शिक्षक‚ कर्मचारी साथै विद्यार्थीको सहभागीता रहेको थियो ।

परिषद् बैठकको दोस्रो चरण क्याम्पस सञ्चालक समितिको अध्यक्ष केशव अधिकारीको सभापतित्वमा सञ्चालन भएको थियो । नेपाल सरकार‚ शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्री प्रमिलाकुमारी यादवले दोस्रो चरणको उद्घाटन गर्दै आफू क्याम्पसको पूर्वविद्यार्थी पनि भएका नाताले क्याम्पसको भौतिक‚ आर्थिक र प्राविधिक विषयमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन‚ नीति तथा कार्यक्रम र आ.व. २०८०/०८१ का लागि १८ करोड ५४ लाख सैंतिस हजार ३ सय ९० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिति प्रतिनिधि सभाका सदस्य डा. सुनिलकुमार शर्माले क्याम्पसले प्राविधिक र व्यवसायिक धारका कार्यक्रम सञ्चालनका लागि आफूले सहयोग गर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई‚ कोसी प्रदेशका पूर्वराज्य मन्त्री राजकुमार ओझा‚ जनता बहुमुखी क्याम्पस इटहरीका सहायक क्याम्पस प्रमुख डा। टोलनाथ काफ्ले‚ पूर्व क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ‚ नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दुष्यन्त भट्टराई‚ प्राध्यापक सङ्घबाट जनार्दन गुरागाईँ र स्वतन्त्र विद्यार्थी युनियनका सभापति सन्तोष लिम्बूको पनि उपस्थिती थियोे ।
तेस्रो चरणमा भएको परिषद् बैठकको बन्द सत्रमा समितिको तर्फबाट क्याम्पस प्रमुखले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन‚ नीति तथा कार्यक्रम‚ वार्षिक कार्ययोजना‚ आर्थिक वर्ष २०८०/०८१ को बजेट‚ आन्तरिक लेखा परीक्षण प्रतिवेदन र वाह्य लेखा परीक्षण प्रतिवेदन उपर छलफल भई सुझाव सहित पारित भएको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद दाहालले बताए  ।