म्याङलुङमा नोबेलको नि:शुल्क स्वास्थ्य शिविर, एघार सयभन्दा बढीको जाँच तथा उपचार

  • २५ मंसिर २०८०, सोमबार

 म्याङलुङ नगरपालिकाको आयोजना र तेह्रथुम जिल्ला अस्पतालको समन्वयमा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मंसिर २२ र २३ गते तेह्रथुम सदरमुकामको म्याङलुङ नगरपालिकास्थित जिल्ला अस्पतालमा  आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १ हजार १ सय १७ जना विरामीले स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिएका छन् ।
नोवेल शिक्षण अस्पतालका बरिष्ठ फोक्सो रोग विशेषज्ञ डा. रामहरी घिमिरे, बरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेश नेपाल, बरिष्ठ यूरोसर्जन डा. रामसागर शाह, डा. निरन्जन कुमार, प्याथोलोजिष्ट डा. मनिष दास लगायतका विभिन्न विभागका चिकित्सक सहितको स्वास्थ्य टोलीले विरामीको परीक्षण गरेको थियो ।

जस अन्तरगत जनरल मेडिसिनमा ४ सय जना, फोक्सो रोगका १ सय ९८ जना, छाला रोगका १ सय ६० जना, प्रसुती तथा स्त्री रोगका १ सय ८३ जना, यूरोसर्जरीमा ५९ जना, दन्त रोगका ५२ जना, मानसिक रोगका ८० जना विरामीको जाँच भएको छ । शिविरमा १ सय ४० जनाको निःशुल्क इ. सि. जि., १ सय ३५ जनाको निःशुल्क भिडियो एक्सरे र ३ सय जनाको निःशुल्क प्रयोगशाला परीक्षण समेत गरिएको अस्पतालले जनाएको छ  ।