केराबारीलाई चिनाउने गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

  • ७ फाल्गुन २०८०, सोमबार



पूर्वै मोरङ केराबारी घर मेरो… बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

केराबारीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने यो गीतको म्युजिक भिडियो सोमबार  दामी कृएसनको युट्युव मार्फत सार्वजनिक भएको हो ।

अञ्जु पन्त र सनम तामाङको स्वर रहेको म्युजिक भिडियोको छायांकन मच्छिन्द्र मेला परिसर स्थल र मदन भण्डारी मार्गको खदम पुल आसपासमा गरिएको छ । बिजय मगरको निर्देशन र अर्जुन कट्वालको कोरियोग्राफिमा केराबारीलाई चिनाउने गीतको रचना अम्बिका भट्टराई र पदमा साधना केलुंगको रचना रहेको छ ।

दामी क्रियसनको प्रस्तुति र सनसोम तामाङको छायांकन रहेको गीतको म्युजिक भिडियोमा सुरज तामाङ स्मारिका ढकाल, अर्जुन खड्का रेश्मा खजुमको मुख्य अभिनय रहेको छ ।