निवृत्त राष्ट्रसेवक समाज कोशी प्रदेशकाे चाैथाे साधारण सभा सम्पन्न नयाँ समिति चयन

  • १८ चैत्र २०८०, आईतवार

सुन्दरहरैँचा । निवृत्त राष्ट्रसेवक समाज नेपाल काेशी प्रदेशले एक कार्यक्रमकाविच आफ्नाे चाैथाे साधारणसभा सम्पन्न गरेकाे छ । सुन्दरहरैँचा ८ सलकपुरमा रहेकाे संस्थाकाे कार्यालयमा आयाेजित कार्यक्रममा साधारणसभा सम्पन्न गरेकाे हाे ।
साधारणसभामा काेशी प्रदेशका १४ ओटै जिल्लाबाट प्रतिनिधिहरूकाे सहभागिता थियाे ।
अधिवेसनबाट छत्रबाबु आेझाकाे अध्यक्षतामा १६ सदस्सीय प्रदेस समिति र कृष्णप्रसाद घिमिरेकाे अध्यक्षतामा तीन सदस्सीय लेखा समितिकाे चयन भएकाे छ ।
युवा व्यवसायी चा‌लागाईँद्वारा १ लाख २५ हजारकाे अक्षय काेष स्थापना
साेही कार्यक्रममा टि एन ग्रुप अफ कम्पनीका डाइरेक्टर एवम् सुन्दरहरैँचा निवासी नेत्रप्रसाद चम्लागाईँले गरिब तथा विपन्न परिवारका सन्तानका अध्ययनमा सहयाेग पुग्नेगरी निवृत राष्ट्रसेवक समाज सुन्दरहरैँचामा १ लाख २५ हजार रकमकाे अक्षय काेष स्थापना गरिदिएका छन् ।
युवा व्यवसायीसमेत रहेका चाैलागाईँले बुढेसकालका व्यक्तिहरूबाट गरिएकाे प्रयासमा सहभागी हुन मन लागेर सानाे सहयाेग गरेकाे बताए । उनले यस काेषकाे व्याजबाट प्राप्त हुने रकमबाट गरिव तथा विपन्न परिवारका छाेराछाेराकाे पढाईँमा खर्च गरिदिन पनि आग्रह गरे । निवृत्त राष्ट्रसेवक समाज सुन्दरहरैँचा नगर समितिमा यस अघि २२ जनाबाट अक्षयकाेष स्थापना गरिसकेका छन्
प्रमुख अतिथि निवृत्त राष्ट्रसेवक समाजका केन्द्रीय अध्यक्ष खेमनाथ अधिकारी निवृत्त राष्ट्रसेवक कर्मचारीहरू सच्चा देशभक्त भएकाे बताउँदै उनले कर्मचारीबाट लामाे समय देश सञ्चालन गरेकाे स्मरण गराए ।
कार्यक्रममा केन्द्रीय सह अध्यक्ष विष्णु वस्याल र थपराज कट्टेल, केन्द्रीय उपाध्यक्ष रामलखन मण्डल, केन्द्रीय सदस्य चाेलेन्द्रप्रसाद घिमिरे, पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बाेल्ने अधिकांश वक्ताले लामाे त्यागबाट प्राप्त उपलब्धिलाई बचाउनु पर्नेमा जाेड दिँदै आफूहरूले पाइरहेकाे पेन्सनवापतकाे रकमले परिवार मात्र नपालेर धेरै समाजसेवा पनि गरिरहेकाे बताए । निवृत्त राष्ट्रसेवकहरूसँग भएकाे अनुभवलाई राज्यले प्रयाेग गर्न सक्नुपर्नेमा उनीहरूकाे जाेड थियाे ।

जिल्ला अध्यक्ष पदमप्रसाद न्याैपानेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन भने नगर समितिका अध्यक्ष उमाकान्त चाैलागाईँकाे रहेकाे थियाे ।