बिकासमा छलाङ मारेर उदाहरणीय बन्दै पथरीशनिश्चरे वडा नम्बर २

  • ५ श्रावण २०८१, शनिबार

भुमिप्रसाद पाठक

मोरङ पथरीशनिश्चरे वडा नं २ को कार्यालयले गत आर्थिक वर्षभित्र सम्पन्न गरेका विभिन्न योजना तथा कार्यक्रमहरू प्रशंसनीय मानिएका छन्।
आर्थिक बर्ष २०८०/०८१ को अबधिमा ६२ लाख ९० हजार रुपैयाँ बराबरको वडागत सिलीङ बजेट प्राप्त गरेको २ नं. वडा कार्यालयले शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई , सडकमा कालोपत्रे , विपन्न वर्गका लागि सुरक्षित आवास तथा अन्य प्रशासनिक कार्य तथा आयोजनाहरू समयमै सम्पन्न गरेको छ ।

आर्थिक बर्ष २०८०/०८१ को अबधिमा वडाभित्र पर्ने सडकहरू क्रमश: रजत जयन्तीका मार्गमा कालोपत्रे, बुद्धमार्ग कालोपत्रे, सहित रत्नकुमार मार्ग कालोपत्रे,  वडा कार्यालय पहिचान कालोपत्रे, नगर हस्पिटल मार्गमा कालोपत्रे, पथरी शनिश्चरेदेखि उर्लाबारी -२ मंगलबारे जोड्ने कृर्षि बजार तथा पूर्वाधार निर्माण , कसिनी , वार्ड नं २ र ७ जोड्ने सिमाना पुल, लाटी खोली लगायतका होली पक्की पुल निर्माण भएका छन्।
यसैगरी वडा नं २ ले संघीय सरकारले उपलब्ध गराएको ६० लाख रुपैयाँको बजेटबाट बक्राहा खोलामा तटबन्ध गरेको छ । यसैगरी, यसरी प्रदेश सरकारको २५ लाख रकमबाट सोहि सुनझोडा खोलामा तटबन्ध भइरहेको छ भने संघीय सरकार र पथरीशनिश्चरे नगरपालिकाको साझेदारीमा ७९ लाखको लागतमा सुनझोडा ट्रस्ट पुल पनि निर्माण भइसकेको छ।

वडाले पर्यावरण सम्बन्धी कार्यक्रमलाई पनि अगाडि बढाइरहेको छ। सेल्फी रोडको थप प्रवर्धन र विकासका लागि चौतारी सामुदायिक वनसित समन्वय विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको छ। वर्ग तथा महिला अपाङ्गहरूको क्षमता वृद्धिका लागि विभिन्न सिपमूलक तालिमहरु पनि सञ्चालन गरेको वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिए ।

नगरकै गौरवको योजनाको रूपमा रहेको नगर अस्पतालको ५० शैय्याको नयाँ भवन हाल निमार्ण भैरहेको छ । चालु आर्थिक वर्ष वडा कार्यालयबाट सडक निर्माण,??  हरियाली पार्क निर्माण, शहिद रत्न मार्ग कृर्षि डाँस सडक, रजतजयन्ती सडक कालोपत्रे, बुद्धमार्ग कालोपत्रे, शहिद रत्न मार्ग कालोपत्रे, वडा नम्बर- २ को कसेनी पुल निर्माण, आदि सम्पन्न भएका हुन्।
यसैगरी, दुर्गा पाञ्चायन देखि संगम चोक हुँदै फायर लाईनसम्म २ नं वडाको कार्यलयले सडक स्तरोन्नती गरेको वडाले आफ्नो कार्यालय घेराबारा समेत गरेको छ ।

गत फागुन महिनामा वडा २ कार्यलयको ५ लाख बजेटबाट वडा कार्यलयमा कम्पाउण्ड, कार्यलय वरीपरी पुरपार र वडा कार्यालय आउने दुईटा बाटो स्तरोन्नति गरिएको थियो। नगर अस्पताल मार्ग कालोपत्रे गर्ने कार्य पनि सम्पन्न भएको थियो।यसैगरी, वडाभित्रका वडावासीहरूलाई सुरक्षित आवास निर्माणका लागि सहयोग गरिएको  छ। वडा कार्यालयले अति विपन्न बासु रेग्मीलाई पनि सहयोग गरेको छ। उनको घर निर्माणका लागि सुन्दर सामुदायिक वन उपभोक्ता समूहले काठ सहयोग प्रदान गरेको थियो।
त्यसैगरी ‘किसानहरुलाई बोरिंग मोटर कार्यक्रम’अन्तर्गत कसेनी टोलका रनमाया लिम्बु, गंगा चौधरी, निर्मल लिम्बु, कुमार लिम्बु सहितका किसानहरुको समूहलाई २ नं वडा कार्यलयले ३ ईन्चको बोरिंग मोटर सहयोग गरी सिंचाई सुबिधा पुर्याई दिएको छ।
त्यस्तै, कटानको कारण उच्च जोखिममा रहेको जयचोक बाँसे पैंनी निर्माण भएको छ। नगरको ३ लाख र उपभोक्ताको १७% रकम साझेदारीमा बाँसेचौरीमा सिंचाई सुविधा उपलब्ध गराउन पैनी निर्माण भएको हो।
त्यस्तै, सन्जोरा उर्लाबारी २ मङ्गलबारी बजार जोड्न सुनझोरा ट्रस्ट पुल नगरपालिका र सङ्घीय सरकारको ७९ लाखको लागतमा निर्माण भइसकेको छ। सो सडकबाट यस वडाका कृषिजन्य उत्पादनहरूलाई थप बिक्री तथा प्रवर्द्धन गर्न सहयोग मिल्ने वडा कार्यालय विश्वास लिएको छ।
त्यस्तै, सुनझोरा-दोगडे पैंनी क्षति न्युनीकरणका लागि सुनझोरा खोलामा प्रदेश सरकारको १५ लाख बजेटबाट ढुंगा जाली र वाल निर्माण भएको छ ।

कार्यालयले वडावासीहरूलाई सूचना प्रवाह गर्ने उद्देश्यले पछिल्लो दिनहरुमा मोबाईल इलेक्ट्रिक साइकलको प्रयोग गरी टोल टोलमा “मोवाइल सूचना” प्रदान गर्दै आएको छ।
नेपालका पालिकाहरूभन्दा फरक शैलीमा जनतालाई तुरुन्तै र छिटो सुसूचित गर्ने नयाँ र प्रभावकारी प्रयास गरीरहेको वडाध्यक्ष नैना राईले बताए। जसमा, वडा अध्यक्ष नैना साम्पाङ राई, वडा सदस्यहरू क्रमशः चन्द्रकुमार राई, खिलाराज घिमिरे, सचिव गोमा पौडेल समेतले सोही इलेक्ट्रिक साइकलमार्फत सूचना प्रवाह गर्दै आउनुभएको छ।

यसैगरी, वडा कार्यालयले कृषिजन्य बालीहरू का लागि नयाँ जातका प्रजातिका विउविजन तथा रोगव्याधि निवारणका लागि बिज्ञहरुबाट जाँच गर्नुका साथै औषधी वितरण समेत गरेको छ ।
पथरी शनिश्वरे -२ को आयोजनामा गत चैत बैशाखमा पथरीशनिश्चरे भेट्रान फुटबल लिग फुटबल प्रतियोगिता सम्पन्न भएको थियो।
यसैगरी, घरको छाना चुहिएर बस्न एकदमै गार्हो भएपछि बाबा आमा सहित १ जना पूर्ण अपांग बालिका निशा लिम्बु सुरक्षित आवास निर्माण गरिएको छ। त्यसको लागि चौतारी सामुदायिक वनद्वारा चाहिने काठ सहित वडा कार्यालयले टिन सहयोग गरिएको वडा अध्यक्ष नैना साम्पाङ राईले जनाए।
“घरमुली वृद्ध साक ब. लिम्बु र अपाङ्गता भएकी नानी सहितको परिवारलाई वर्षातमा सुरक्षित रूपमा ओत लाग्न मानवीय तथा आर्थिक सहायता गरिएको वडाध्यक्ष राईले सुनाए।

यसै वडामा पर्ने हरियाली सामुदायिक वन उपभोक्ता समुहले आफ्नो कूल २ ५०.४६ क्षेत्रफल वन्य क्षेत्रमा पर्यापर्यटन सम्बर्धन गर्दै आफ्ना उपभोक्ताहरूलाई आयआर्जनमा जोड्ने काम गरिरहेको छ। पर्यटन मन्त्रालयले उद्यम व्यवसाय संचालनको लागि २ करोड ७० तथा हरियाली सामुदायिक वन समूहको उपभोक्ताहरूले १ करोड ४६ लाख रूपैयाँ बराबरको बजेटले पोखरी , बगैंचा, अन्य संरचनाहरू बनाईएका छन्। हाल ती सबै संरचनाहरू सञ्चालनमा आइसकेका छन्।

वडा कार्यालय र हरियाली सामुदायिक वनको समन्वयमा थप अर्को सिमसार निर्माण भइरहेको छ भने चौतारी सामुदायिक वन क्षेत्रभित्र नागवेली सिमसार तथा सुन्दर सामुदायिक वनभित्र जलकन्या पाथीभरा सिमसार पनि संरक्षित रहेका छन् ।