ओछ्यानमा लुकेको सर्पको टोकाइबाट बालिकाको मृत्यु , होशियार बनौं है

  • ७ श्रावण २०८१, सोमबार

सर्पको टोकाइबाट मोरङ बेलबारी नगरपालिका वडा नं.४ की एक बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बेलबारी ४  र ५ को सिमा क्षेत्रमा पर्ने लिम्बु चोक निवासी वर्ष १० की भूमिका कार्कीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।आइतबार बिहान करिब ७ बजे ओछ्यानमा कपडा मिलाउने क्रममा अचानक केहीले ठुँगेपछि वालिका चिच्चाउँधै बाहिर निस्किएकी थिइन् । त्यसपछि परिवार र छेमेकीले उपचारको लागि बेलबारीस्थित बेतना सर्पदंश उपचार केन्द्र पुराएका थिए  । बेतना सर्पदंश केन्द्रमा उपचार हुन नसकेपछि वालिकालाई विराटनगरस्थित कोशी अस्पताल पुराइएको थियो । तर कोशी अस्पताल पुर्याउनासाथ अस्पतालले वालिकालाइ मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।वालिकाको स्वास्थ्य जाँचमा विषालु सर्पको टोकाइबाट मृत्यु भएको कोशी अस्पतालले जनाकारी दिएको छ । अस्पतालबाट फर्केपछि वालिकाको घरमा गोमन सर्प फेला पारी मारेको स्थानीय बासिन्दाले बताएका छन् ।