नोबेलमा दूरबिनको माध्यमबाट मेरुदण्ड शल्यक्रिया गर्ने प्रबिधि भित्रिदै
- २ भाद्र २०८०, शनिबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अब दूरबिनको माध्यमबाट मेरुदण्ड सम्बन्धी शल्यक्रिया गरिने भएको छ । बिरामीलाई अत्याधुनिक र सहज उपचार सेवा उपलब्ध गराउन नोबेलमा ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु गर्न लागिएको हो ।
सम्झौता अनुसार अब युरी अस्पतालका वरिष्ठ चिकित्सकहरूले नोबेल अस्पतालका चिकित्सकहरूलाई ‘इण्डोस्कोपि स्पाइन सर्जरी’ सम्बन्धी विश्वकै नयाँ प्रविधिको प्रयोगका विषयमा सहजीकरण गर्नेछन् । त्यस्तै, दुवै अस्पतालका चिकित्सकबीच अनुभव आदानप्रदान गर्ने पनि सम्झौता भएको नोबेल अस्पतालका महानिर्देशक दिपेश राईले जानकारी दिए ।
सोही अस्पतालसँग सहकार्य गरेर नोबेलले मेरुदण्ड सम्बन्धी शल्यक्रियामा नयाँ प्रविधिको प्रयोग गर्न लागेको हो । दूरबिनको माध्यमबाट गरिने मेरुदण्डको शल्यक्रियाका लागि कोरियाको युरी अस्पताल विश्वकै प्रसिद्ध मानिन्छ । नेपाल, भारत, चीन, अमेरिका, थाइल्याण्ड लगायत देशबाट पनि सो अस्पतालमा नयाँ प्रविधिको अनुभव हासिल गर्न चिकित्सकहरू जाने गरेका छन् ।