दार्चुला र वैतडीपछि डाक्टरको टीम लिएर डडेल्धुरा पुगे डा. सुनिल शर्मा

  • १ फाल्गुन २०८०, मंगलवार

 कांग्रेस नेता एवं संघीय सांसद माननीय डा.सुनिल शर्मा आफ्नो लगानी रहको काठमाडौं मेडिकल कलेजका डाक्टरहरुको टिम सहित निशुल्क स्वास्थ्य शिविर लिएर  कांग्रेस सभापति शेरवहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेका छन्।

यसअघि काठमाडौं मेडिकल कलेजका १६ जना मेडिकल डाक्टर सहितको टिम सहित आफै उपस्थिति भएर दार्चुलाको सल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा र बैतडीको दोगडाकेदार गाउपालिका, पाटन नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन  गरेका शर्मा डडेल्धुरा पुगेका हुन् ।

दार्चुला र वैतडीमा गरी करिव ७ हजार भन्दा वढि बिरामिहरुको स्वास्थ्य चेकजाच गरिसकेको काठमाडौं मेडिकल कलेज निशुल्क स्वास्थ्य शिविर सञ्चालन टिमका संयोजक नारायण दाहलले बताए।

स्वास्थका क्षेत्रमा राज्यको गलत नितीका कारण पिछडिएका दुर्गम ठाउमा गरिब जनताहरुले स्वास्थ्य सेवाको पहुचबाट वञ्चित हुनु पर्ने अवस्था रहेको भन्दै डा.शर्माले वर्तमान प्रचण्ड सरकारको गलत नितीले राज्य अपराधीकरण तर्फ उन्मुख भइरहेको बताए। डा.शर्माले सरकारले मेडिकल जनशक्ति उतपादनमा जोड दिने र सोहि अनुसार सरकारको नीति वनाएर अगाडि बढे दुर्गम ठाउमा जनशक्ति अभावको समस्या समाधान हुँदै जाने र हरेक नेपालीलाई १० लाखको विमा गर्ने नितीगत व्यवस्था गरे सर्वसुलभ र निशुल्क स्वास्थ्य सेवा जनताले पाउने दाबी गरे । डा.शर्माले विगत १ हप्ता देखि सुदुरपश्चिमका दार्चुला, वैतडि, डडेल्धुराका दुरदराजका गाँउमा जनतालाई निशुल्क स्वास्थ्य शिविर चलाएर स्वास्थ्य उपचारको सुविधा पुर्याइरहेका छन्।

डडेल्धुरामा २ हजार ५ सय २७ जना बिरामीहरुको स्वास्थ्य चेकजाच गरिएको स्वास्थ्य शिविर टिमका संयोजक नारायण दहालले बताए।
डडेल्धुरा अस्पतालमा माननीय डा.सुनिल शर्माले उद्घाटन गरे पश्चात् सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा २ हजार ५ सय २७ जना बिरामीहरुको स्वास्थ्य चेकजाँच गरिएको छ। फागुन १२ गते शिविरमा अपरेशनका लागि रिफर भऐका विरामिको निशुल्क उपचारका लागि काठमाडौं मेठिकल कलेजमा सम्परक गर्ने समय दिइएको निशुल्क स्वास्थ्य शिविर सञ्चालनको समन्वय गरेका ने.वि.संघ केन्द्रीय सदस्य ई.भुवन भट्टले बताए।

नेता भट्टकै पहलमा माननीय डा.शर्माले डडेल्धुरामा १ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो। अमरगढि नगरपालिकाको आयोजनामा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर चलाइएको हो, डडेल्धुरा त म आफै आवद्ध पार्टिका सभापतिको पनि गृह जिल्ला हो। बिरामी पनि प्रशस्तै भए। शिविरबाट अपरेसनका लागि रिफर भएका सवै विरामिको औषधि खर्च वाहेक सबै उपचार काठमाडौं मेडिकल कलेजमा निशुल्क गरिने केएमसिका संचालक संघिय सांसद डा. सुनिल शर्माले बताए।

फागुन १२ गते काठमाडौं मेडिकल कलेज सिंनामंगलमा सम्पर्क मिति दिइएको छ। हामी निशुल्क उपचार गर्छौ, सांसद शर्माले उद्घाटनका क्रममा भन ।