शान्तिपथ सिंचाई जल उपभोक्ता संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न

  • २४ भाद्र २०८१, सोमबार

पथरी शनिश्चरे समाचारदाता / मोरङको पथरीशनिश्चरे वडा नं. ९, ७ र ४ मा सिंचाई गर्दै आएको शान्तिपथ सिंचाई जल उपभोक्ता संस्थाको छैठौ साधारण सभा शनिबार समापन भएको छ ।
पथरीशनिश्चरे—७, बकैनाडाँडा स्थित जनप्रिय टोलमा भएको साधारण सभाले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, संस्था नवीकरण, लेखा परीक्षण प्रतिवेदन र भावि कार्ययोजना पास गर्दै समापन भएको हो ।
पथरीशनिश्चरे नगर ४ नं. वडाको पूर्ब अध्यक्षसमेत रहेका संस्थाका अध्यक्ष गोविन्द भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय विराटनगरको अधिकृत चोलेन्द्र बिक, वडा सदस्य नरेश राई लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा अस्थायी प्रहरी चौकी किर्तिपुरका प्रमुख प्रहरी सहायक निरीक्षक कमलबहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कर्यक्रममा सिचाइ कार्यालय प्रमुख बिकले कार्यालयले नयाँ सिंचाई निर्माण, पैनी मर्मत, थोपा सिचाई, डिप ट्युवेल निर्माण र नदी नियन्त्रण लगायतको क्षेत्रमा काम गर्दै आएको बताए ।
कार्यक्रममा शान्तिपथ सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष गोबिन्द भण्डारीले नगरको तीन वटा वडाको १ सय ४३ घर परिवार उपभोत्ता रहेको र करिव २ सय बिगाहा खेतिमा सिंचाइ भइरहेको बताए । भण्डारी एक बर्ष अघि समितिको अध्यक्षमा निर्वाचित भएर आएका हुन् ।
आफ्नो नेतृत्वमा समिति गठन भएपछि प्रदेश, नगर र वडाहरुबाट १४ लाख ८३ हजार ३२८ रुँपैया बराबरको पैनी मर्मत कार्य भएको अध्यक्ष भण्डारीले बताए ।
आफ्नो नेतृत्वमा समिति गठन हुनु अघि करिव १५ बर्ष संस्था नवीकरण नभएको कारण सरकारी बजेटबाट कुनै काम नभएको र संस्था नवीकरण भएपछि सरकारी बजेटबाट पैनी मर्मत लगायतको कामबाट किसानलाई राहत दिएको अध्यक्ष भण्डारीले बताए ।
कार्यक्रममा संस्थाका सचिव देबिन्द्र थेबे लिम्बूको प्रगति प्रतिवेदन र कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन माथि छलफल गर्दै पारित गरेको छ ।
कार्यक्रममा उपस्थित पैनी उपभोक्ता कृषकहरुले कृषि प्रधान देश भनिएपनि संघ, प्रदेश, स्थानीय सरकारले कृषि क्षेत्रमा बजेटको प्राथमिकता नपर्ने गरेको गुनासो गरे ।
सभाको उद्घाटन कार्यक्रममा जेष्ठ उपभोक्ता ललितादेवि ढकाल र वीरबहादुर गोलेलाई खादा तथा नगदले सम्मान गरेका थिए ।