सुकुना क्याम्पसमा जीवनदृष्टि एवम् जीवनशैली बारे कार्यशाला सम्पन्न

  • ३० भाद्र २०८१, आईतवार

नेपालमै सुपरिचित एवम् स्थापित लोकप्रिय सामुदायिक सुकुना बहुमुखी क्याम्पसले शनिबार जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला आयोजना गरी सम्पन्न गरेको छ ।

शिक्षक, कर्मचारी, सञ्चालक समिति, लेखा समिति, पुनरावेदन समिति, सल्लाहकार समिति, विद्यालयका प्रधानाध्यापकहरू र सङ्घ/संस्थाका प्रतिनिधिहरूका लागि क्याम्पस  परिसरमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा जीवनशैली, वैज्ञानिक अध्यात्म तथा योग आदिबारे योग प्रशिक्षक, लेखक, अनुसन्धानकर्ता र वातावरण संरक्षक तथा अन्तर्राष्ट्रिय स्तरमा योग आयुर्वेदविज्ञ एवम्  प्रशिक्षक डा. राजु अधिकारीले जीवनदृष्टि एवम् जीवनशैलीका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

सहजकर्ता अधिकारीले जीवन स्वस्थ्य बनाउन अपनाउनु पर्ने उपायहरू र सकारात्मकम सोचको विकास गर्ने तरिकाहरूपनि  प्रस्तुत गरेका थिए ।

सहजकर्ता डा. अधिकारीले बिचबिचमा योग अभ्यास समेत गराएका थिए । जीवन सुखि र समृद्ध बनाउने विषयमा कार्यक्रमको अन्तमा प्रश्नोत्तर र छलफलसमेत गरिएको थियो ।  क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले औपचारिक रूपमा  सञ्चालन गरेको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले सहजकर्तालाई स्वागत/सम्मान गर्नुभएको  जानकारी क्याम्पसका अधिकृत नवराज कोइरालाले बताए ।