दलीय भागबण्डाका आधारमा बन्यो बेलबारी क्याम्पसको सञ्चालक समिति, परेनन् महिला

  • २२ आश्विन २०८१, मंगलवार

एकजना पनि परेनन्  महिला
मोरङ बेलबारी मा रहेको बेलबारी बहुमुखी क्याम्पसमा पनि दलीय भागबण्डाबाट नयाँ समिति चयन भएको छ ।
अध्यक्ष सहित ३ जना एमाले, कोषाध्यक्ष सहित ४ जना काँग्रेस र उपाध्यक्ष सहित ३ जना माओबादीको भागमा पर्नेगरी भागबन्डा गरेर समिति बनाइएको हो । सामाजिक क्षेत्रमा सक्रिय एकजनालाई सदस्य बनाईएको छ । समितिमा महिला भने कोही परेका छैनन् ।
गठित क्याम्पस सञ्चालका समितिको अध्यक्षमा पुर्ब अध्यक्ष समेत रहेका प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, उपाध्यक्षमा माओबादीका बेलबारी अध्यक्ष पर्शुराम सुवेदी, कोषाध्यक्षमा काँग्रेसका क्षेत्रीय सचिब राजेन्द्र अधिकारी चयन भएका छन । त्यसैगरी सदस्यहरुमा सदस्यहरुमा मोहन गुरुङ, झमक कट्टेल, जनक पोख्रेल ,ज्ञानुराज राई ,शिव बराल , माधवराज थापा , रामकुमार राई र बिन्देश चौधरी चयन भएका छन ।
क्याम्पसको पाँच सदस्यीय लेखा समिति पनि गठन भएको छ । जसमा लेखा संयोजकमा गोविन्दबहादुर कार्की तथा सदस्यमा प्रदिप श्रेष्ठ , राजेन्द्र प्रसाद सापकोटा , मिलन प्रसाई र निरकुमार श्रेष्ठ चयन भएका छन ।
बेलबारीमा बिगतदेखि नै सबैजसो संघसंस्थामा दलीय भागबन्डा गर्ने चलन छ । गत बर्ष सबै सामुदायिक विद्यालयका ब्यबस्थापन समितिहरु पनि दलीय भागबन्डाकै आधारमा गठन भएका थिए ।