राजारानीलाइ ३–१ गोलले हराउँदै चित्लाङ क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा 

  • ५ कार्तिक २०८१, सोमबार

एक पक्षीय खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लब, राजारानी फुटबल क्लब धनकुटालाई ३–१ गोलले हराउँदै अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

चित्लाङ फुटबल क्लबको जितका लागि १६ ओैं मिनेटमा हेनरीले गोल गरे । रोवर्टले कर्नर प्रहार गरेको बल राजारानीका गोलरक्षक प्रदीप भण्डारीले पञ्च गरि बचाएका थिए ।तर,रिवाउन्स बललाई चित्लाङका खेलाडी हेनरीले पोष्टमा प्रहार गरी सिंधै गोल गरे । ३३ ओै मिनेट चित्लाङका विदेशी खेलाडी रोवर्टले गाल गरे । दोस्रो गोल गर्न हेनरींको क्रममा रोवर्टले गरेका थिए । ५६ ओैं मिनेटमा रोवर्टले थप एक गोल ठोके ।तेस्रो गोल रोवर्टले तपन कार्कीको पासमा गरेका थिए ।
अनन्त तामाङ ,शनिश श्रेष्ठ र रोहन कार्की लगायतका राष्ट्रिय खेलाडी लिएर मैदानमा निस्केको राजारानी क्लब धनकुटाले खेलको ६१ ओैं मिनेट सान्त्वना गोल फर्कायो । रारारानीको लागि एकमात्र गोल अनन्त तामाङले गरे ।

सान्तवना गोल गरेपछि रक्षात्मक बनेको चित्लाङ बिरुद्ध धनकुटाले एक पछि अर्को राम्रा अवसर निकाले पनि स्कोर गर्न सकेन । सोमबारको खेलमा चित्लाङ फ्ुटबल क्लबबाट २ गोल गर्ने रोवर्ट म्यान अफ द म्याच घोषित भए । नेपाली कांग्रेस मोरङका सचिव ललित बहादुर श्रेष्ठले नगद ५ हजार सहित म्यान अफ द म्याचको ट्रफि प्रदान गरे । चित्लाङले कात्तिक ९ गते दलसिंहपारा फुटबल क्लब भारत र सलहेस क्लव सिराहा मध्ये खेलको विजेतासँग खेल्नेछ ।

मङ्गलबार गत वर्षको बिजेता व्रिगेड ब्वाइज क्लव र बुटबल लुम्बिनी फुटबल क्लव बिच खेल हुनेछ ।