केराबारी ब्यापार प्रबन्ध समितिको नयाँ कार्यसमिति, पदस्थापन कार्यक्रम सम्पन्न

  • २१ माघ २०८१, सोमबार

केराबारी ब्यापार प्रबन्ध समितिको आठौं बार्षिक साधारणसभाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
केराबारी १० मा अबस्थित समितिको कार्यालयमा सोमबार एक कार्यक्रमका बिच कार्यक्रम सम्पन्न भएको हो । निर्वाचन समितिका संयोजक टेक बहादुर थपलिया, सदस्यहरु शान्तिराम दाहाल र तुलसी थापाले आठौं साधारणसभाबाट निर्वाचित पदाधिकारी र सदस्यहरुलाइ सपथ ग्रहण गराएका छन् ।
केराबारी ब्यापार प्रबन्ध समितिको पौष १९ गते भएको आठौं बार्षिक साधारणसभाबाट किशन शाहीको नेतृत्वमा सर्वसम्मत १५ सदस्यीय संचालक समिति निर्वाचित गरेको थियो । समितिमा मनुका थापा उपाध्यक्ष, अम्बिका भण्डारी महासचिव, रमेश अधिकारी सचिव र सपना श्रेष्ठ कोषाध्यक्ष छन् । त्यसैगरी सदस्यहरुमा गोमा कटुवाल, उपेन्द्र बहादुर बस्नेत, मतिकुमारी तामाङ, डेबिड बराइली, सीता लुइँटेल र उत्तम घिसिङ छन् । १५ जनाको कार्यसमितिमा ४ जना सदस्यहरु कार्यसमितिले चयन गर्ने केराबारी ब्यापार प्रबन्ध समितिका अध्यक्ष किशन शाहीले जानकारी दिए ।
साधारणसभामा विभिन्न ब्यक्तिहरुलाइ सम्मान् गरिएको छ । जसमा दीर्घ साधना ब्यापारी पुरस्कारबाट अक्कल बहादुर कटुवाल र तिलक बहादुर थापा र केराबारी ब्यापार प्रबन्ध समितिले संचालन गरेको उत्कृष्ट बचतकर्ता का रूपमा नेहा थापा सम्मानित भएका छन् ।
साधारणसभाले केराबारी ब्यापार प्रबन्ध समितिको अग्रसरतामा केराबारी बजार पुछारमा गत बर्ष निर्माण शुरु गरिएको प्रवेशद्वारको निर्माणलाई प्राथमिकता दिएर सकेसम्म चाँडै सम्पन्न गर्ने निर्णय गरेको छ ।
केराबारी ब्यापार प्रबन्ध समितिमा करिब ५ सय ब्यापारी तथा ब्यबशायी आबद्ध छन् ।