ताजा अपडेट
रहेनन् शिक्षक तथा हिमालय साकोसका अध्यक्ष खगेन्द्र सुवेदी, उत्तरी मोरङ नै शोकमा
- 5 बर्ष, 1 महिना अगाडि
- २० जेष्ठ २०७७, मंगलवार
मोरङ केराबारी ९ निबासी शिक्षक,हिमालय साकोसका अध्यक्ष तथा राजनीतिक अगुवा खगेन्द्रप्रसाद सुवेदीको निधन भएको छ । ब्रेन टयुमरको शल्यक्रियाका लागि काठमाडौंं गएका उनको उपचारका क्रममा सोमबार निधन भएको हो । काठमाण्डौमा निधन भएका उनलाई मंगलबार देबीझोडास्थित घर ल्याएर लोहोन्द्रा खोलामा अन्त्यष्ठी गरिएको छ । अन्त्येष्टि स्थलमा नेकपा तथा कांग्रेसका नेता... पुरा पढ्नुहोस
सुत्केरीका घर घरमा पुग्दै इटहरीकी उपमेयर, २७ जना सुत्केरी र नवजात शिशुले पाए खाध्यान्न र गिफ्ट
- 5 बर्ष, 1 महिना अगाडि
- २० जेष्ठ २०७७, मंगलवार
इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रम अन्तरगत उपमेयर लक्ष्मी गौतम दुई दर्जनभन्दा बढी सुत्केरीका घर घरमा पुगेकी छिन् । लकडाउनकै विचमा यो समेत पाँच पटक गरि २७ जना सुत्केरीलाई भेटिसकेको उपमेयर गौतमले वताइन् । लकडाउनका कारण ज्यालादारी गर्ने श्रीमानले काम गर्न नपाएको र पाएको राहत पनि फारु फारु गरेर चलाउदै आएका विपन्न... पुरा पढ्नुहोस
एक सहकारीले गराइदियो धनकुटाका झण्डै तीन दर्जन पत्रकारको कोरोना बिमा
- 5 बर्ष, 1 महिना अगाडि
- १९ जेष्ठ २०७७, सोमबार
ईश्वर थापा, धनकुटा । धनकुटाका क्रियाशील ३३ जना पत्रकाहरुको सामूहिक कोरोना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा जनज्वोती बचत तथा ऋण सहकारी संस्थाले पत्रकारको कोरोना बिमा गरि दिएको हो । सहकारीले कोरोना महामारीका बेला जिल्ला अग्रपङ्तिमा रहेर काम गरिरहेका धनकुटाका पत्रकारको कोरोना बिमा गरेको हो ।... पुरा पढ्नुहोस
मोरङकै ठुलो ग्रामीण सुधार सामुदायिक वनमा आन्तरिक किचलो, घाटगद्दीमै कुहिन लाग्यो एक करोडको काठ
- 5 बर्ष, 1 महिना अगाडि
- १८ जेष्ठ २०७७, आईतवार
कानेपोखरी गाउँपालिका–७ स्थित मोरङको सबैभन्दा ठुलो ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समुहको करिब एक करोड बराबरको काठ घाटगद्दीमै सडिने अबस्थामा पुगेको छ । ग्रामीण सुधार सामुदायिक वन समूहमा भएको आन्तरिक कलहका कारण काठ कुहिने अबस्थामा पुगेको हो । शनिवार वन समूहले प्रेस बिज्ञप्ति जारी गर्दै गलत सूचनाका आधारमा उजुरी परेपछि... पुरा पढ्नुहोस
लकडाउनको समयमा बढ्न थाल्यो घरेलु मदिराको अबैध कारोवार, बेलबारी प्रहरीले थाल्यो अप्रेसन
- 5 बर्ष, 1 महिना अगाडि
- १८ जेष्ठ २०७७, आईतवार
लकडाउनको मौका छोपेर अवैधरुपमा घरेलु मदिरा ओसारपसार तथा व्यापार गर्ने क्रम बढेपछि प्रहरीले अप्रेशन थालेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले लकडाउनको समयमा घरेलु मदिराको अबैध कारोवार वढेको स्थानीयको जनगुनासो बढेपछि प्रहरीले अप्रेसन थालेको हो ।सडक खन्डको प्रयोग गरेर ओसार पसार गर्ने गरेको भन्ने सूुचना पाए पछि भारत तथा विराटनगरसँग... पुरा पढ्नुहोस
बजेटमा धनकुटालाई उपेक्षा गरिएको भन्दै धनकुटेलीहरुको असन्तुष्टि
- 5 बर्ष, 1 महिना अगाडि
- १८ जेष्ठ २०७७, आईतवार
प्रस्तुत गरेको बजेटमा धनकुटालाई नसमेटको धनकुटेलीहरु असन्तुष्ट बनेका छन् । प्रविधिको प्रयोग गर्दैैै जुम मार्फत बजेट सम्वन्धि अन्र्तक्रिया तथा छलफल गर्दै प्रस्तुत बजेटमा धनकुटाका लागी कुनै नयांँ र ठूलो योजनाहरु नआएका र धनकुटालाई उपेक्षा गरिएको भन्दै आक्रोस पोखेका हुन् । प्रविधिको प्रयोगगर्दैैै जुम मार्फत नेपाली कांग्रेस धनकुटाले गरेको बजेट सम्वन्धि... पुरा पढ्नुहोस
मोरङमा २७ वटा क्वारेन्टाइन संचालनमा, एकैपटक ७ सयभन्दा बढीलाई राख्न सकिने
- 5 बर्ष, 1 महिना अगाडि
- १६ जेष्ठ २०७७, शुक्रबार
कोरोना भाइरसको बढिरहेका बेला मोरङमा १८ वटा नयाँ क्वारेन्टाइन थप गरेर जम्मा २७ वटा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ । अन्य मुलुक र बाहिरी जिल्लाबाट आएका तथा कोरोनाका शंकास्पद ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न क्वारेन्टाइन थप गरिएको हो । पछिल्लो समय १८ वटा नयाँ क्वारेन्टाइन थप गरिएका र पुराना नौ सहित मोरङमा क्वारेन्टाइन... पुरा पढ्नुहोस
बेलबारीका तीन स्थानमा बिपन्नका लागि बन्दैछन् सय घर, वडा नम्बर ४ मा पनि बन्न थाले २० वटा घर
- 5 बर्ष, 1 महिना अगाडि
- १३ जेष्ठ २०७७, मंगलवार
मोरङको बेलबारी नगरपालिकाले गरिव तथा असाय परिवाहरुका लागि वडा नम्बर ४ मा पनि २० वटा घर बनाइ दिन थालेको छ । सहारा नेपाल, र ह्याविटेड नेपालको सहकार्यक्रमा नगरपालिकाले घर बनाइदिन थालेका हो । सोमवार वडा नम्बर ४ मा बन्ने घरहरुको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदिले शिलान्यास गरेका छन् । गरिव,... पुरा पढ्नुहोस
राजमार्ग र बस्ती जोगाउन बुढीखोला किनारमा तटबन्ध गर्दै सुन्दरहरैंचा नगरपालिका
- 5 बर्ष, 1 महिना अगाडि
- १३ जेष्ठ २०७७, मंगलवार
केशु विरही, सुन्दरहरैचा (मोरङ) मोरङको सुुुन्दरहरैैंचा नगरपालिकाले सुनसरीको इटहरीसँँग सिमाना जोडिएको बुढी खोलामा तटबन्धको काम शुरु गरेको छ । बुढी खोलाको पूर्व पट्टिको क्षेत्रमा राजमार्ग किनार आसपास सुन्दरहरैंचा नगरपालिकाले तटबन्ध निर्माण कार्य सुरु गरेको हो । खोला नजिक रहेको बस्ती तथा पुुुर्व पश्चिम राजमार्गलाई बुढीखोलाको बाढीबाट जोगाउन नेपाल सरकार जल उत्पन्न... पुरा पढ्नुहोस
भुतबङ्गालामा परिणत भो ४५ करोडको लगानीमा सुन्दरहरैँचामा निर्मित औषधि कारखाना
- 5 बर्ष, 1 महिना अगाडि
- ११ जेष्ठ २०७७, आईतवार
केशु विरही, सुन्दरहरैंचा, मोरङ\ राज्यले बर्सेनी विदेशबाट औषधि खरिदमा खरवौँ बजेट खर्च गर्छ तर करोडौँ लगानीमा देशमै निर्माण भएर पनि संचालन हुन नसकी बन्द भएका औषधि कारखाना वा उद्योगहरुलाई संरक्षण र पुनः संचालन गर्नेतर्फ राज्यको ध्यान जान सकेको छैन । यस्तै चपेटामा मोरङको सुन्दरहरैंचामा रहेको एउटा औषधि कारखाना पनि परिरहेको छ । ... पुरा पढ्नुहोस