ताजा अपडेट

उबासंघद्वारा हिले, सिधुवा र जोरपाटीका ब्यापारी तथा स्वास्थ्यकर्मीलाइ स्वास्थ्य सामग्री बितरण

उद्योग बाणिज्य संघ धनकुटाले धनकुटा, हिले, जोरपाटी र सिधुवा बजारमा बजार अनुगमन तथा स्वास्थ्य सामग्री बितरण गरेको छ । सो क्रममा धनकुटा, हिले, जोरपाटी र सिधुवा बजारमा गरी जम्मा ७ वटा डेरी उद्योगहरुलाई पञ्जा, हेण्डवास, सेनिटाईजर, माश्क प्रदान गरीएको छ । त्यसैगरी हिले र सिधुवाका थप दुई वटा निजि स्वास्थ्य क्लिनिहरुलाई... पुरा पढ्नुहोस

लकडाउनमा पनि अनलाईन मार्फत बिद्यार्थी पढाउँदै बेलबारीमा अबस्थित शिक्षा सन्देश स्कुल

मोरङको बेलबारी -२, लालभित्तीमा रहेको शिक्षा सन्देश ई. स्कुलले लाेकडाउनबाट प्रभावित विद्यार्थीकाे भविष्यलाई मध्यनजर गरेर अनलाईन मार्फत पठनपाठन शुरु गरेको छ । निकट भविष्यमै संचालन हुने बोर्ड परीक्षालाई मध्यनजर गर्दै जुम क्लाउड नामक एप्सको माध्यायमबाट कक्षा ११ का बिद्यार्थीहरुलाई प्रत्येक दिन बिहान ८ बजेबाट र एसईईका विद्यार्थीका लागि दिउसाे २... पुरा पढ्नुहोस

बेलबारीमा हालसम्म ८० जनाको कोरोना परिक्षण, सवैको रिपोर्ट नेगेटिभ

मोरङको बेलबारी नगरपालिकाले शनिवार ५८ जनामा कोरोना भाइसरको परिक्षण गरेको छ । विभिन्न देशबाट आएका ५८ जनाको परिक्षण गरीएको र तिनिहरु सवैमा नेगेटिभ भेटिएको नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । र्यापिड डाइग्नोष्टिक टेस्ट प्रविधिवाट परिक्षण गरीएको हो । विभिन्न देशबाट आएका १ सय ४ जना मध्ये २२ जनाको... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा दुई दिनमै ५९ जनाको कोरोना परिक्षण, कोही देखिएनन् संक्रमित

सुन्दरहरैंचा नगरपालिकामा र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मार्फत कोरोना परिक्षण शुरु गरिएको छ । खासगरी विदेशबाट आएका व्यक्तिलाई प्राथमिकता दिनेगरी यस्तो परीक्षण थालिएको हो । यसअघि पूर्वाञ्चल विश्वविद्यालयमा परिक्षण गरिँदै आएकोमा नगरपालिकाले शुक्रबारदेखि आरडीटीमार्फत कोरोना परीक्षण शुरु गरेको हो । प्रदेश सरकारमार्फत् परीक्षणका लागि आवश्यक  स्वास्थ्य सामग्री (किट) आएपनि थोरै संख्यामा कीट... पुरा पढ्नुहोस

सार्वजनिक भो बेलबारी नगर क्षेत्रका लागि खाद्य पदार्थहरुको मुल्यसूची, कसैले ठग्लान् है !

बजारमा दैनिक उपभोग्य बस्तु कृतिम अभाव र बढी मुल्यमा बिक्रिविरण हुन नदिन बेलवारी उद्योग वाणिज्य संघ बेलबारीले  बेलबारी नगरपालिका र ईलाका प्रहरी कार्यालय बेलबारीसँगको समन्वयमा नगर क्षेत्रभित्रका सबै पसलहरुमा उपलब्ध हुने खाद्य पदार्थहरुको मुल्यसूची सार्वजनिक गरेको छ । केहि दिनदेखि बेलवारी नगरपालीका क्षेत्र भित्रका खाद्य किराना पसलहरुमा उपमेयर ढाकाकुमारी पराजुली सहितको... पुरा पढ्नुहोस

केराबारीमा पनि शुरु भो आरडिटी मार्फत कोरोनाको परिक्षण, ३७ जनाको जाँचमा भेटिएनन् बिरामी

मोरङको केराबारी गाउँपालिकामा पनि र्यापिड डाइगोनिष्टीट टेष्ट आर डि टी मार्फत कोरोनाको परिक्षण गर्न थालिएको छ । बिहीबारदेखि केराबारीमा कोरोना परिक्षण गर्न थालिएकोमा पहिलो दिन २० जना र दोस्रो दिन शुक्रबार १७ जनाको आरडीटी प्रबिधी मार्फत कोरोना परिक्षण गरिएको छ। पहिलो दिन ढेड महिना यता विभिन्न देशबाट नेपाल आएका केराबारीका विभिन्न... पुरा पढ्नुहोस

सुनसरीमा वडाध्यक्षको मृत्यु, लकडाउनकै अवधिमा इटहरीले गुमायो दुई जनप्रतिनिधि

इटहरी उपमहानगरपालिकाले लक डाउनकै अविधमा दुईजना जनप्रतिनिधि गुमाएको छ । वडा नम्वर १ का वडाध्यक्ष बिष्णु चौधरीको गएराती ५५ बर्षको उमेरमा निधन भएको छ । उहाँ लामो सयम देखि उपचारारत हुनुहुन्थ्यो । गएराती स्वास्थ्यमा थप जटिलता देखिएपछि नोवेल मेडिकल कलेज विराटनगर पुरयाउदा चिकित्सकले मृत घोषित गरेका हुन । उहाँको वुढिगंगा... पुरा पढ्नुहोस

मोरङमा लकडाउनबाट प्रभावित ८३ हजार १ सय १२ बिपन्न परिवारले पाए सरकारी राहत

लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने तथा बिपन्न ८३ हजार परिवारलाई मोरङका १७ वटा पालिकाले राहत स्वरूप खाद्यान्न बितरण गरेका छन् । बिराटनगर महानगरपालिका सहित ८ नगरपालिका र ८ गाउँपालिका मध्ये १६ वटा स्थानीय तहले बिपन्नलाइ राहत बितरण गरेका हुन् । स्थानीय तहहरूले चामल, दाल, चिउरा, तेल, नुन र दूध वितरण... पुरा पढ्नुहोस

मोरङका शिक्षकहरुलाइ प्रविधि मैत्री भर्चुअल तालिम दिँदै शिक्षक समाज नेपाल

शिक्षकहरूले दैनिक शिक्षणमा कसरी प्रविधिको प्रयोग गर्न सक्छन्  भन्ने विषयमा प्रविधिमैत्री शिक्षक समाज मोरङले भर्चुअल तालिम सञ्चालन गरेको  छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को समन्वयमा छनोट भएका १ सय बिद्यालयका शिक्षकहरुको सहभागितामा तालिम संचालन गरिएको हो । बिगत पाँच दिनदेखि सञ्चालन भइरहेको भर्चुअल कक्षा (तालिम) को संयोजन प्रविधिमैत्री समाज... पुरा पढ्नुहोस

मोरङको पथरीमा पनि शुरु भो कोरोना परिक्षण (भिडियो सहित)

मोरङको पथरी शनिश्चरेमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । नगरको निगरानीमा रहेकाहरुको र्यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण शुरु गरिएको हो । होम क्वारेनटाइनमा रहेका २३ जना र बिदेशबाट आएका ब्याक्तीलाई टेस्ट गर्ने तयारी रहेको छ । परीक्षण पछि नेगेटिभ आएमा घर फर्काइने र पोजेटिभ या संकास्पद भएमा थप... पुरा पढ्नुहोस