ताजा अपडेट
दोश्रो चरणको राहत वितरण गदै इटहरी उपमहानगरपालिका
- 5 बर्ष, 2 महिना अगाडि
- १८ बैशाख २०७७, बिहीबार
इटहरी उपमहानगरमा दोश्रो चरणको राहत वितरण सुरु गरिएको छ । वडा वडामा राहत पाउने ब्यक्तिहरुको नामावली संकलन गरेर त्यसैको आधारमा राहत वितरण सुरु गरिएको हो । दिनभरी काम गरेर विहान वेलुकाको गर्जो टार्नुपर्ने विपन्न वर्गका राहत वितरण गरिने छ । संघीय सरकारले तयार गरेको मापदण्ड वमोजिमका ब्यक्तिहरुलाई राहत वितरण थालिएको... पुरा पढ्नुहोस
टाँडीमा हावा हुरीको पिरलो, गोठगाउँमै सर्नेभो टाँडीको क्वारेन्टाइन पनि
- 5 बर्ष, 2 महिना अगाडि
- १८ बैशाख २०७७, बिहीबार
मोरङको मिक्लाजुङकाे टाँडीमा १ नम्बर प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टाइनलाई गोठगाउँमा सारिने भएको छ । टाँडीमा निर्माण गरिएकाे क्वारेन्टाइनमा हावाहुरीले क्षति पूर्याएपछि पूवाञ्चल विश्वविद्यालयको गोठगाउँ स्थीत भवनमा सार्न लागिएको हो । कोरोनाका संक्रमणको संकास्पद तथा विदेशबाट आएकाहरुलाई राख्नका लागि चैत ६ गते प्रदेश सरकारले क्वारेन्टाइन निर्माण गरेको थियो । क्वारेन्टाइन... पुरा पढ्नुहोस
सुन्दरहरैंचामा सामाजिक संघ संस्थाहरुले गरे रक्तदान कार्यक्रम, ६२ प्रिन्ट रगत संकलन
- 5 बर्ष, 2 महिना अगाडि
- १८ बैशाख २०७७, बिहीबार
कोरोना भाइरसको त्रासमा लगाइएको लकडाउनका कारण रक्तदान रोकिएर रगत अभाव हुन थालेको बेला मोरङ सुदरहरैंंचामा भएको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमहरु हुन छोडेको अबस्थाम आवश्यक पर्ने विरामीहरुलाई रगत अभाव नहोस् र त्यसकै कारण कसैले ज्यान गुमाउनु नपरोस भनेर लायन्स क्लव अफ बाँसबारी, अमर ज्योति युवा क्लव... पुरा पढ्नुहोस
कोरोना उपचार केन्द्र बन्नेभो पुर्वान्चल विश्व बिद्यालय गोठगाउँ पनि
- 5 बर्ष, 2 महिना अगाडि
- १६ बैशाख २०७७, मंगलवार
प्रदेश सरकारले सुन्दरहरैंचास्थित पुर्वान्चल विश्व बिद्यालयमा कोरोना उपचार केन्द्र निर्माण गर्ने भएको छ । नेपाली सेनाको व्यवस्थापनमा केहि दिन भित्रै अस्पताल संचालन हुने भएको हो ।प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, प्रदेश सांसद राजकुमार ओझा, मोरङका सिडिओ भुजेल,... पुरा पढ्नुहोस
पत्रकारहरुको लकडाउन अनुभव : तिन तहकै सरकारले उपेक्षा गरे, ज्यानको बाजी थापेर काम गर्नुपरेको छ
- 5 बर्ष, 2 महिना अगाडि
- १५ बैशाख २०७७, सोमबार
सञ्चार क्षेत्रप्रति तीन तहकै सरकारहरु संबेदनशील नदेखिएको कारण लकडाउन अबधिमा खासगरी ग्रामीण क्षेत्रमा रहेर कृयाशील रहँदै आएका सञ्चारकर्मीहरु निष्क्रिय बनेका छन् । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न गरिएको लकडाउनले तीन हप्ता नाघिसकेको छ । तर पत्रकारका लागि न त कुनै निकायले पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री नै उपलब्ध गराएको छ, न... पुरा पढ्नुहोस
लकडाउनका कारण काठमाण्डौंमा अलपत्र धनकुटेलीहरुले दुई-तीन दिनमै फर्कन पाउने भए घर
- 5 बर्ष, 2 महिना अगाडि
- १४ बैशाख २०७७, आईतवार
लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई धनकुटा ल्याइने भएको छ । काठमाण्डौंमा अलपत्र परेकाहरुलाई सहयोग गर्न जिल्लाबासीहरुको सहभागितामा निर्माण गरिएको धनकुटा–काठमाडौं कोरोना विपत सहयोग समितिको संयोजन राजनीतिक दल तथा स्थानीय तहहरुको पहलमा उनीहरूलाई घर फर्काउन लागिएको हो । जिल्लाका सात वटै पालिकासँग समन्वय गरी १४ दिन अनिवार्य क्वारेनटाइन बस्ने सर्तमा... पुरा पढ्नुहोस
काठमाण्डौंमा बसोबास गर्दै आएका ३ सय जनालाई नि:शुल्क घर ल्याइदियो बेलबारी नगरपालिकाले
- 5 बर्ष, 2 महिना अगाडि
- १४ बैशाख २०७७, आईतवार
बेलबारी नगरपालिकाले बेलबारी नगर क्षेत्रभित्र घर भई काठमाण्डौंमा बसोबास गर्दै आएका ३ सय जनालाई नि:शुल्क घर ल्याइदिएको छ । लकडाउनका कारण काठमाण्डौंमा बिचल्ली हुन लागेका घर फर्कन चाहने जनतालाई नगरपालिकाले आइतबार बिहान घर ल्याइ पुर्याएको हो । नगरबासीलाइ घर फर्काउन नगरपालिकाले चारवटा बस ब्यबस्था गरेको थियो । तर आउन चाहनेहरुका... पुरा पढ्नुहोस
लकडाउन अबधिको घरभाडा मिनाहा गरिदिन थाले धनकुटा र हिलेका घरधनीले
- 5 बर्ष, 2 महिना अगाडि
- १४ बैशाख २०७७, आईतवार
धनकुटाको धनकुटा बजार र हिले बजारका केही घर धनीहरुले लकडाउन अबधिको घरभाडा मिनाहा गरिदिन थालेका छन् । लक डाउनका कारण व्यापार व्यावसाय बन्द भएका कारण व्यावसायीहरुलाई ठूलो संकट भएकाले घर धनीहरुलाई घर मिनाहा गरीदिन धनकुटा उद्योग बाणिज्य संघको आग्रह बमोजिम घरभाडा छुुट दिन थालेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले... पुरा पढ्नुहोस
धनकुटामा उत्पादित तरकारी सहजै निर्यात भएपछि छिमेकी जिल्लाबासीले पाउन थाले ताजा सब्जी
- 5 बर्ष, 2 महिना अगाडि
- १३ बैशाख २०७७, शनिबार
धनकुटामा उत्पादित ताजा हरियो तरकारीहरु धनकुटा उद्योग बाणिज्य संघ र स्थानीय तहको समन्यममा छिमेकी जिल्लाहरुका बजारहरुमा सहज रुपमा निर्यात हुन थालेको छ । धनकुटामा उत्पादिन हरियो ताजा तकारीहरु लड डाउनको कारण वाहिर निर्यात हुन छोडेर कृषकहरुको बारीमा नै कुहिन थालेपछि धनकुटा उद्योग बाणिज्य संघको समन्वय तथा पहलमा, स्थानीय तहहरु र... पुरा पढ्नुहोस
कोरोना भाइरसको महामारी र व्यक्तिगत सुरक्षा सामग्री एवम् पीपिइको आवश्यकता
- 5 बर्ष, 2 महिना अगाडि
- १३ बैशाख २०७७, शनिबार
विश्व स्वास्थ्य संगठनले चीनको वुहान प्रान्तबाट पछिल्लो समयमा देखा परेको र हाल विश्वको करिव २०० भन्दा बढी राष्ट्रहरुमा महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) लाई विश्वव्यापी महामारी घोषणा गरेसँगै हाल व्यक्तिगत सुरक्षा सामाग्री (PPE) को बारेमा मानिसलाई कौतुहलता जागिरहेको वर्तमान अवस्था सर्वविदितै छ । नेपालमा पनि उक्त कोरोना... पुरा पढ्नुहोस