हाम्रो बारे

सन् २०१३ अर्थात बिक्रम सम्बत २०६९ सालतिर एउटा अनलाइन संचालनको आबश्यकता ठानेर शुरुवात गरिएको अनलाइनको नाम हो – संयन्त्र डटकम ।
बिक्रम सम्बत २०६४ सालबाट मोरङमा संयन्त्र साप्ताहिक नामक पत्रिका प्रकाशन गर्न थालेदेखि नै यसको इतिहास जोडिएको छ । हुन त मोरङ बेलबारीमा संयन्त्र संचार सहकारी खोलेर रेडियो बेतनाको स्थापना पनि हाम्रै टिमको अगुवाइमा भएको हो तर त्यो अलग्गै संस्था हो र यो अर्कै संस्था ।

samyantra.com संयन्त्र मिडिया  एण्ड कल्चर प्रा. लि. द्वारा संचालित न्युज पोर्टल हो । विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरुलाई सुचना र मनोरंजन दिदै आएको  छ ।  युट्युब च्यानल Samyantra Media & culture हाम्रो अर्को सञ्चार माध्यम (Media)  हो ।

संयन्त्र डटकम बिश्वभर छरिएर विभिन्न देशमा रहेका नेपालीहरुको पहुँच हुने गरी गाउँ, टोल, छरछिमेक र समाजमा घट्ने बिभिन्न  घटना र परिस्थितिको जानकारी दिने मुलतः पुर्वी नेपाललाई फोकस गरी संचालन गरिएको एक शसक्त संचार माध्यम हो  ।

बिक्रम सम्बत २०८० जेठ १ गतेदेखि हामीले खासगरी पुर्वीय कला, साहित्य र लोक संस्कृतिको संरक्षण, प्रबर्द्धन र बिकास गर्ने जुनेली दोहोरी नामक लाइभ दोहोरी कार्यक्रम पनि सञ्चालन गर्न थालेका छौँ ।  युट्युब च्यानल Juneli Dohori official मार्फत हरेक १५ दिनमा प्रसारण हुने यो कार्यक्रम मार्फत कला र क्षमता भएका तर ओझेलमा रहेका प्रतिभाहरुलाइ प्राथमिकता दिने गरिएको छ । कार्यक्रम जुनेलीको नारा रहेको छ ।

“कुना काप्चा कन्दरामा बेली चमेली, लोक संस्कृति जगाउँदै आयो जुनेली”