ठाउँठाउँमा आकाशे पुलसहित झुम्कादेखि बेलबारीसम्मको राजमार्गलाइ ६ लेनको बनाइने 

  • ६ असार २०७६, शुक्रबार

उत्तम पोख्रेल /  राजमार्ग बिस्तार र आकासे पुल समेत बनाउने योजना सहित प्रदेस नम्बर १ सरकारको सडक सुशासन कार्यक्रम सुरु हुने भएको छ ।
आर्थिक बर्ष ०७५/०७६ को प्रदेशको निति तथा कार्यक्रममा घोषणा गरिएको कार्यक्रम सुरु गर्न अध्ययन थालिएको छ । कार्यक्रम अन्तरगत सुनसरीको रामधुनी नगरपालिकामा पर्ने झुम्कादेखि मोरङको बेलबारीसम्म उक्त कार्यक्रम गर्न अध्ययन गर्न थालिएको हो ।
सुनसरीको झुम्का, इटहरी मोरङको सुन्दरहरैचा, बेलबारी लगायतका क्षेत्रमा यहि आर्थिक बर्षदेखि काम थालिने भौतिक पुर्वधार विकास मन्त्रालय महाशाखाका प्रमुख रेवती रमण निरौलाले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रममा सडकमा भत्केका संरचना निर्माण, सडकमा छाडा छोडिने कान्जी पशुहरुका लागि कान्जी हाउसको निर्माण, सार्वजनिक शौचालय, तथा आकाशे पुल निर्माण गरिने छ ।
वाटो क्रस गर्ने र भिड हुने ठाँउमा अकाशे पुल निर्माण हुन्छ, निरौलाले भने साघुरो सडकमा आवत जावतको समस्या हुने गरेकोले पहिलो चरणमा शुसानका लागि विभिन्न कार्यक्रम थालिएको हो । उनले दोस्रो चरणमा बजार क्षेत्रमा ६ लेन सडक र जंगल तथा मावन बस्ति कम भएको क्षेत्रमा चार लेनको सडक बनाउने बताए ।
पर्यटकीय क्षेत्रसंग जोडिएको बेलबारीको बेतना, सृर्जना पार्क तथा खुल्ला चिडियाखाना लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिएर काम गरिने उनले बताए । पर्यटकीय क्षेत्रमा पनि धेरै सडकहरु जाम हुन्छन् उनले भने त्यस्ता क्षेत्रमा ट्राफिक लाईटको ब्यबस्था गर्छौं ।
प्रदेशको आन्तरीक कानुन मन्त्रालयले ट्राफिक प्रहरी, स्थानिय तहका प्रमुख –उप प्रमुख,भौतिक पुर्वाधार विकास मन्त्रालय सग छलफल गरिसकेको छ । सडक शुशासन कार्यक्रम आन्तरीक कानुन मन्त्रालयको कार्यक्रम हो ।
वसपार्कसगै जोडिएका केहि स्थानिय बजारलाई समेत प्राथमिकतामा राखेर कार्यक्रम गरिने प्रमुख पराजुलीले बताए । पर्यटकीय क्षेत्रसँगै रहेको स्थानिय बजारलाई प्रबर्धन गर्न हाट बजारका संरचना समेत निर्माण गरिने उनले बताए । सृर्जना पार्कप्रति लक्षित गर्दै उनले भने यहाँ निगुरो पाइदो रहेछ यसको प्रबर्धन गर्न हाट बजारका लागि संरचना पनि बनाउछौं ।
झुम्कादेखि बेतना सिमसार क्षेत्रसम्म मात्रै सडक सुसासन कार्यक्रम गर्ने प्रदेश सरकारको नितिमा रहेपनि बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले आफनो नगर क्षेत्रमा पर्यटकिय क्षेत्र समेत रहेकोले चिसाङ खोला सम्म नै उक्त कार्यक्रम गर्न लागु गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए । बेलबारीको राजमार्ग क्षेत्रमा बेतना सिमसार, सृर्जना पार्क, खुल्ला चिडिया खाना र रहेका छन् । छुटेको क्षेत्रमा मन्त्रालयको टोलि आएर नाप्न समेत सुरु गरेको मेयर सुवेदीले बताए । बेलबारी ८ मा रहेको सिहदेवी सामुदायिक बन क्षेत्रमा खुल्ला चिडियाखाना प्रदेश सरकारको निति तथा कार्यक्रममा समेत समेटिएको छ ।