चार सहकारी एकीकरण भई बनेको केराबारी साकोसको प्रथम साधारण सभा सम्पन्न
- २१ भाद्र २०८२, शनिबार
केराबारीका बिभिन्न ४ वटा सह्कारी संस्थाहरु एकीकृत भई बनेको केराबारी बचत तथा ऋण सहकारी सस्थाको एकीकरण पश्चातको प्रथम साधारण सभा सम्पन्न भएको छ।
केराबारीमा सन्चालन रहेका सामुदायिक साकोस, खदम हिल साकोस, शुभारम्भ साकोस र लक्षित समृद्धि साकोस सहित ४ वटा सहकारी एकीकरण भएर बनेको केराबारी साकोसको साधारणसभा भएको हो ।
एकिकरण पस्चात बनेको साकोसको पहिलो साधारण सभा शनिबार केराबारीस्थित हिमचुली सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा सम्पन्न भएको हो । साधारणसभामा एकीकरण पुर्वका ४ वटा संस्था सामुदायिक साकोसका संस्थापक अध्यक्ष गोबिन्द बहादुर थापा, खदम हिल साकोसका संस्थापक अध्यक्ष नवीन थापा मगर, लक्षित समृद्धि बहुउद्देश्यीय सहकारीका संस्थापक अध्यक्ष शिवलाल नेपाली र शुभारम्भ संस्थापक अध्यक्ष नन्दलाल बस्नेतलाई सम्मान गरिएको छ ।
त्यसैगरी बाल बचतकर्ताहरुतर्फ सिओन बिश्वकर्मा, लुनिभा श्रेस्ठ, रेन्जिरो महतो,नाइरा आले मगरलाई सम्मान गरिएको छ । त्यस्तै जेष्ठ शेयर सदस्यहरुतर्फ पदम प्रसाद अधिकारी यम कुमारी अधिकारी, तेज कुमारी तिम्सिना, हरि प्रसाद कट्टेललाइ सम्मान गरिएको छ । सस्थाले असल ऋणिहरु मध्येबाट कुसुम बिस्वकर्मा, बिमला चेम्जोङ,भेत कुमारी सार्की सुर्य प्रसाद लुइटेल लाई पनि सम्मान गरेको छ ।
एकीकरण पछि बनेको केराबारी साकोसमा १ हजार ६ सय ४७ जना सदस्य रहेका छन । १२ करोडको कारोबार गर्दै आएको संस्थाको ३ करोड ८७ लाख ३९ हजार ३ सय शेयर पुँजी रहेकोे छ । संस्थाले ६ करोड ३१ ह्स्जार ३ सय ७२ रुपैया निक्षेप र ७ करोड ९१ लाख,९७ हजार ३ सय २९ रुपैया ऋण लगानी गरेको छ।
तदर्थ सञ्चालक समिति अध्यक्ष बिन्दाकुमारी तामाङको अध्यक्षतामा भयको साधारण सभामा केराबारी गाउपालिका अध्यक्ष सुमन मिरिङ्चिङ मगर, उपाध्यक्ष मनमाया मगर, गाउँपालिकाका प्रबक्ता नारायण भुजेल,आर्थिक बिकास समितीका सम्योजक प्रेम लिम्बू, सहकारी समन्वय समितीका अध्यक्ष डिल्लिराम शर्मा अधिकारी,केराबारी ८ र १० का वडाध्यक्षहरु कमल कुमार बस्नेत, पुर्ण बहादुर मगर, राष्ट्रिय सहकारी बैंक बिराटचोकका शाखा प्रबन्धक मनोज लामिछाने, सहकारी बिज्ञ टेक बहादुर थपलिया, लगायतको आथित्यता थियो। साधारणसभाको कार्यक्रमको सञ्चालन सचिव अम्बिका भण्डारीले गरेका थिए ।
कार्यक्रममा गाउपालिका अध्यक्ष सुमन मिरिङचिङले साना साना बचत गरेर सानो तिनोतिनो गर्जो टार्ने काम गर्दै आएका केराबारी बजार क्षेत्रका ४ वटा सहकारी संस्थाहरुबिच एकीकरण भएकोमा बधाई दिँदै एकीकृत सहकारीले गरिबी निवारण र बिपन्न बर्गको उत्थानको कार्यक्रम ल्याएमा ५० प्रतिशत लागत साझेदारीमा काम गर्न गाउपालिकाले बजेट ब्यबस्था गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा उपाध्यक्ष्य मन माया मगर सहकारी कर्मी डिल्लिराम शर्मा अधिकारी, आर्थिक बिकास सम्योजक प्रेम लिम्बू, लगायतले सस्था एकीकरण सफल बनाएर साधारण सभा सम्पन्न गरेकोमा बधाइ तथा शुभकामना दिएका थिए ।









