लर्ड बुद्ध साकोसको २३ औं साधारणसभा सम्पन्न, नयाँ समिति चयन
- ४ कार्तिक २०८२, सोमबार
मोरङ पथरी शनिश्चरे -२ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
आज शनिबार पथरी शनिश्चरे वडा नं १ को नर्वदेश्वर शिवालयको सभा हलमा सो संस्थाको चुनावी साधारण सभा सम्पन्न भएको हो।
प्रमुख अतिथि पथरी शनिश्चरे वडा नं २ को वडा अध्यक्ष नैना साम्पाङ राईको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष धन राज राई ‘अमीर ‘को अध्यक्षतामा सम्पन्न सभामा कोषाध्यक्ष द्रोण बहादुर खड्काले आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ को कुल आम्दानी तर्फ २ करोड ७४ लाख ९२ हजार ३ सय ६४ रूपैयाँ भएको
र ऋण सुरक्षण कोषमा ५१ लाख रुपैयाँ व्यवस्थापन गरिएको बताउनुभयो।
सोहि क्रममा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक चन्द्र प्रसाद खनालले आ. व. २०८१/०८२ को लेखा प्रतिवेदन पेश गर्नु भएको थियो। उक्त सभामा यस वर्ष २०८१/०८२ मा शेयर पूँजी वापत २ करोड ७६ लाख २ हजार ५ सय रुपैयाँ पुगेको बताइएको छ।
संस्थाका सचिव महेन्द्र ढुंगानाले आव २०८१/०८२ को वार्षिक कार्य प्रगति विवरण र २०८२/०८३ को ३८ करोड रुपैयाँ बराबरको प्रस्तावित वार्षिक कार्य योजना प्रस्तुत गर्नुभएको थियो।
हाल सम्ममा ३ हजार ६ सय २४ जना कुल साधारण सदस्य रहेको उक्त संस्थाले बचतकर्ताको बचत संकलन, ऋण लगानी, मनी ट्रान्सफर सेवा, सुत्केरी भेटघाट कार्यक्रम, रक्तदान कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता लगायतका विभिन्न प्रकारका गतिविधि सञ्चालन गर्दै आइरहेको छ।
सभामा प्रमुख अतिथि वडाध्यक्ष नैना साम्पाङ राईले नेपाल सरकारले सहकारी सम्बन्धी ल्याएको नयाँ नियमावली अनुसार र पथरी शनिश्चरे नगरपालिकाको सहकारी विधान समिति संयोजकको नाताले नगरभित्र रहेका सबै सहकारी संस्थाहरूलाई नियमन ऐन र नियम निर्माण गरिएको उल्लेख गर्नुभयो।
सभामा जेष्ठ सदस्य जन्मोत्सव तथा पेन्सन भत्ता वितरण, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलाई पनि पुरस्कृत गरिएको थियो।
सभामा उत्साहित साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष विन्दा देवी राई ‘ विन्दु ‘, प्रतिमान राई, प्रमुख सल्लाहकारद्वय दिल बहादुर तामाङ तथा हर्क राई, पूर्व वडाध्यक्ष कपिलमणी ढकाल, लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
साधारणसभाबाट लर्ड बुद्ध साकोसको आगामी ४ वर्षे संचालक समितिको अध्यक्ष पदमा दोर्ण बहादुर खड्का, उपाध्यक्षमा कुमारी शाही, सचिवमा प्रतिमान राई, सहसचिवमा बालकुमारी तामाङ, कोषाध्यक्षमा योगेन्द्र भण्डारी, सदस्यहरूमा क्रमश: कृष्णप्रसाद निरौला, भीमप्रसाद भेटवाल, पवित्रा चौलागाईं ,रिना राई रहेका छन् । लेखा समितिको सुपरिवेक्षक संयोजकमा भोजराज चौहान चयन हुनुभएको छ भने सदस्यहरूमा क्रमश: रविन कुमार राई र मिना तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ।









