प्रमुख
कार्तिक १५ देखि पथरी शनिश्चरेमा दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप हुने
- 3 दिन अगाडि
- १२ कार्तिक २०८२, मंगलवार
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप -२०८२ आगामी कार्तिक १५ गतेदेखि २२ गते सम्म सञ्चालन गर्नेबारे हरियाली सामुदायिक वनको सभाहलमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। उक्त सम्मेलनमा प्रमुख अतिथिको तर्फबाट पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाेले आफ्नो शुभकामना मन्तव्य राख्नु हुँदै पथरी शनिश्चरे नगरपालिकाले यो दोस्रो पथरी शनिश्चरे गोल्डकप... पुरा पढ्नुहोस
कागती खेतीतर्फ आकर्षण बढ्दै, बजार भाउ नपाउँदा कृषकहरु चिन्तित
- 3 दिन अगाडि
- १२ कार्तिक २०८२, मंगलवार
विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएकाे छ । प्रेम पोख्रेलको लहलह धान फल्ने खेतमा उहाँले २८ कठ्ठा जमिनमा १५ वर्षका लागि वार्षिक ८० हजार ठेक्का तिर्ने शर्तमा कागती खेती गर्दै आउनु भएको हाे। १५ लाख रुपैयाँको लगानीमा... पुरा पढ्नुहोस
लर्ड बुद्ध साकोसको २३ औं साधारणसभा सम्पन्न, नयाँ समिति चयन
- 11 दिन अगाडि
- ४ कार्तिक २०८२, सोमबार
मोरङ पथरी शनिश्चरे -२ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज शनिबार पथरी शनिश्चरे वडा नं १ को नर्वदेश्वर शिवालयको सभा हलमा सो संस्थाको चुनावी साधारण सभा सम्पन्न भएको हो। प्रमुख अतिथि पथरी शनिश्चरे वडा नं २ को... पुरा पढ्नुहोस
नेपालका बैङ्कहरुकाे ८८ बर्षे इतिहास समेटिएको पुस्तक प्रकाशन
- 12 दिन अगाडि
- ३ कार्तिक २०८२, आईतवार
नेपालका बैङ्कहरुकाे ८८ बर्षे इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ । मोरङ पथरी निवासी खोजकर्ता तथा लेखक दीपेन्द्रराज तिम्सिनाले लेखेको सो पुस्तक प्रकाशित भएको हो । नेपालको बैङ्किङ इतिहास´ नामक पुस्तकमा राणाकालीन ब्यबस्थादेखि वर्तमानसम्मको बैङ्किङ इतिहास समेटिएको छ । पुस्तकमा नेपालका क र ख श्रेणीका बैङ्कहरुकाे चिनारी, पहिलो गभर्नर हिमालय... पुरा पढ्नुहोस
इरान राईको कथा सङ्ग्रह ‘चुडेल्नी’ लोकार्पण
- 12 दिन अगाडि
- ३ कार्तिक २०८२, आईतवार
बेलबारीका स्रष्टा इरान राईको ‘चुडेल्नी’ कथासङ्ग्रहको लोकार्पण भएको छ । बेलबारी साहित्य विकास समितिको आयोजना बेलबारी १ मा रहेको सगरमाथा इङ्ग्लिस स्कुलको सभा हलामा सम्पन्न कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । पूर्व सांसद एवम् अग्रज स्रष्टा कुन्ता शर्मा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पूर्व सांसद एवम् वरिष्ठ साहित्यकार हर्कमान... पुरा पढ्नुहोस
देवीझोडा सामुदायिक वनको भवन उद्घाटन तथा २६ औं बार्षिक साधारणसभा सम्पन्न
- 13 दिन अगाडि
- २ कार्तिक २०८२, शनिबार
देवीझोडा सामुदायिक वन उपभोक्ता समुह, केराबारी ९, देवीझोडाको भवन उद्घाटन कार्यक्रम तथा २६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । केराबारी ९ स्थित सामुदायिक वनको नवनिर्मित भवनको हलमा बिहीबार वनको साधारणसभा भएको हो । केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको प्रमुख आतिथ्यता र सामुदायिक वनका अध्यक्ष गोबिन्द बस्नेतको अध्यक्षतामा कार्यक्रम... पुरा पढ्नुहोस
बेलबारीको डेल्टा इंग्लिस स्कुललाइ अन्तर्राष्ट्रिय अवार्ड
- 16 दिन अगाडि
- २९ आश्विन २०८२, बुधबार
बेलबारीको डेल्टा इंग्लिस स्कुल अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित भएको छ। एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा मलेसियामा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ मा अवस्थित डेल्टा इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न कार्यक्रममा डेल्टा इंग्लिस स्कुललाई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित गरिएको थियो । अवार्डका... पुरा पढ्नुहोस
जलेको वडा कार्यालयलाई हाम्रो फाउन्डेसनको सहयोग
- 17 दिन अगाडि
- २८ आश्विन २०८२, मंगलवार
हाम्रो फाउण्डेशन परिवार, पथरी शनिश्चरेले मोरङको पथरी शनिश्चरे वडा नं १ को वडा कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर सहयोग उपलब्ध गराएको छ। आज एक संक्षिप्त कार्यक्रमका बीच उक्त फाउण्डेसनले विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको हो। "शिक्षा र परोपकार , हाम्रो सरोकार" भन्ने मूल नाराका साथ उक्त फाउण्डेसनले उक्त वडा... पुरा पढ्नुहोस
पाथिभरा महिला नौमती बाजा समूहको प्रथम वार्षिक साधारण सभा
- 20 दिन अगाडि
- २५ आश्विन २०८२, शनिबार
मोरङ पथरी शनिश्चरे -३ काे आदर्श टाेलमा रहेको पाथभरा महिला नौमती बाजा समूहको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज शुक्रबार पथरी शनिश्चरे -३ आदर्श टोलमा रहेको जलेश्वर महादेव मन्दिरको प्राङ्गणमा सो समूहको सभा सम्पन्न भएको हो। समूहकी अध्यक्ष तेजमाया कार्कीको अध्यक्षतामा भएको सो सभामा बौद्धिक व्यक्तित्व एवम् पञ्चायत... पुरा पढ्नुहोस
२० औँ बहुभाषिक कवि गोष्ठी तथा परिचर्चा कार्यक्रम सम्पन्न
- 1 महिना, 3 दिन अगाडि
- १२ आश्विन २०८२, आईतवार
विराट मैथिल नाट्य कला परिषद्को आयोजनामा विराटनगरमा २० औँ बहुभाषिक कवि गोष्ठी तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । स्वर सङ्गम सङ्गीतालयको सभाहलमा कार्यक्रमको आयोजना गरेर उक्त कार्यक्रम सम्पन्न भएको हो । कोसी साहित्य–कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा स्वर सङ्गम सङ्गीतालयका गुरु... पुरा पढ्नुहोस
 











