प्रमुख
शिक्षा सन्देशमा ३५ स्कूलका शिक्षक तथा अभिभावकहरुको सहभागितामा कार्यशाला हुँदै
- 26 दिन अगाडि
- १३ मंसिर २०८१, बिहीबार
मोरङ बेलबारी २ मा अबस्थित शिक्षा सन्देश ईङ्लिस स्कुलको आयोजनामा यहि मंसिर १४ र १५ गते शिक्षक अभिभावक समुदाय र शैक्षिक नेतृत्वको भुमिका बिषयक कार्यशाला हुने भएको छ । स्कूलले बुधबार बिहान पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो । कार्यशालामा बेलबारी, सुन्दरहरैंचा, केराबारी लगायत मोरङका बिभिन्न ३५ वटा स्कुलका... पुरा पढ्नुहोस
काँकडभिट्टाबाट आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी
- 26 दिन अगाडि
- १३ मंसिर २०८१, बिहीबार
पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजार रुपैयाँको कृषि बाली भारत निर्यात भएको छ भने ७९ करोड ६३ लाख १० हजार रुपैयाँको कृषि बाली आयात भएको छ । आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट... पुरा पढ्नुहोस
सहकारीका बेतिथी रोक्न सफ्टवेयरमा ‘लक सिस्टम’ लागू गरिँदै
- 27 दिन अगाडि
- १२ मंसिर २०८१, बुधबार
सरकारले सहकारीमा हुने हिनामिना रोक्नका लागि सफ्टवेयरमै लक गर्ने तयारी गरेको छ । सफ्टवेयरहरु नियमन गर्ने नियमावली बनाएर सहकारी विभागले सफ्टवेयरमा एकरुपता ल्याउने र सफ्टवेयर सप्लायर्सलाई नियममा बाध्ने तयारी भैरहेको कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्रीले बताए। गत चैत २० गतेबाट सफ्टवेयरलाई नियममा राख्नका लागि... पुरा पढ्नुहोस
इटहरी उर्लाबारी सडक खण्डमा बढे सडक दुर्घटना, १० दिनमा ८ जनाको मृत्यु
- 27 दिन अगाडि
- १२ मंसिर २०८१, बुधबार
पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी-उर्लाबारी सडक खण्डमा मंसिर १ देखियता १० दिनभित्र भएका १७ वटा सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । सुन्दरहरैँचाको बूढी खोलादेखि उर्लाबारीको मावा खोलासम्मको करिब ३६ किलोमिटर सडकमा १० दिनको अवधिमा दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।... पुरा पढ्नुहोस
बेलबारीमा पनि सञ्चालन भो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान
- 28 दिन अगाडि
- ११ मंसिर २०८१, मंगलवार
बेलबारी नगरपालिकाको आयोजनामा बेलबारीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । मंसिर १० देखि २५ गतेसम्म चल्ने अभियानको सोमबार उद्घाटन भएको छ । उद्घाटन कार्यक्रम अन्तरगत बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइरालाको नेतृत्वसहित बेलबारीका महिला अधिकारकर्मी तथा विभिन्न संघ संस्थाको सहभागितामा प्रभातफेरि गरिएको छ । प्रभातफेरिमा श्रमिक... पुरा पढ्नुहोस
हिउँद लागेसँगै थप चलायमान बन्दै बेतना सिमसार, चार महिनामा ३१ लाख आम्दानी
- 29 दिन अगाडि
- १० मंसिर २०८१, सोमबार
कार्यकाल सकिएको लामो समयसम्म साधारणसभा हुन नसकी अनेक समस्या झेल्दै आएको बेतना सिमसारमा नयाँ समिति आएपछि प्रगतिका संकेत देखिन थालेका छन् । राजनीतिक खिचातानी र स्थानीय बासिन्दाहरुको आन्दोलन लगायतका कारण बारम्बार रोकिदै आएको बेतना सिमसार सामुदायिक वनको गत असारमा भएको साधारणसभाबाट नयाँ समिति गठन भएपछि बेतना सिमसार चलायमान हुन थालेको... पुरा पढ्नुहोस
खोर्सानेले जित्यो प्रथम बेलबारी लालभित्ती खुल्ला नकआउट फुटबलको उपाधी
- 29 दिन अगाडि
- १० मंसिर २०८१, सोमबार
नेपाल खेलकुद महासंघ बेलबारीद्वारा आयोजित प्रथम बेलबारी लालभित्ती खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी सुन्दर खोर्साने फुटबल क्लबले जितेको छ । बेलबारी नगरपालिका वडा नं.२ स्थित बागदेवी खेलमैदानमा भएको प्रतियोगिताको शनिवार भएको फाइनल खेलमा चुलाचुली स्र्पोटिङ क्लबलाई २–० गोल अन्तरले हराउदै सुन्दर खोर्सानेले उपाधी हात पारेको हो । सुन्दर खोर्सानेका जर्सी... पुरा पढ्नुहोस
ग्रामथान गाउँपालिकामा चुनावी सरगर्मी, अध्यक्षका लागि १६ जनाको उम्मेदवारी
- 1 महिना, 6 दिन अगाडि
- ३ मंसिर २०८१, सोमबार
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्ममा एक जना स्वतन्त्र र १५ जना राजनीतिक दलका उम्मेदवारसहित १६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा एमालेका तुलसी विश्वास, नेकपा माओवादी केन्द्रका नमोनारायण... पुरा पढ्नुहोस
लेटाङमा सर्पको टोकाइबाट बालिकाको निधन, उत्तरी मोरङमा जटिल समस्या बन्दै सर्पदंश
- 1 महिना, 8 दिन अगाडि
- १ मंसिर २०८१, शनिबार
सर्पको टोकाइका कारण लेटाङ नगरपालिका वडा नम्बर ३ की म एरुसा माखिम मगरको मृत्यु भएको छ। शान्ती भगवति माविमा कक्षा ४ मा अध्ययनरत वालिकाको सर्पको टोकाइबाट बुधबार मृत्यु भएको हो । घटनाले परिवारजन र आफन्त मात्रै होइन, सिंगो लेटाङ नै शोकमा छ । लेटाङमा एक दशकभन्दा बढी समयदेखि स्थापित सर्पदंश... पुरा पढ्नुहोस
बेलबारीमा कोशी प्रदेश स्तरीय दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
- 1 महिना, 9 दिन अगाडि
- ३० कार्तिक २०८१, शुक्रबार
बेलबारीमा कोशी प्रदेश स्तरीय दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बेलबारी नगरपालिका वडा नं. ११ लक्ष्मी मार्ग खेलमैदान परिसरमा रहेको कबडहलमा प्रतियोगिता शुरु भएको हो । डाँगीहाट ब्याडमिन्टन क्लबको आयोजनामा शुरु प्रतियोगिताको बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइले उद्घाटन गरेका छन् । मङ्सिर १ गतेसम्म हुने प्रतियोगितामा म्यान्स... पुरा पढ्नुहोस