देविझोडा सामुदायिक वनले जित्यो नगद १ लाख सहित राष्ट्रिय पुरस्कार
- २८ श्रावण २०८२, मंगलवार
वन तथा भुसंरक्षण बिभागले सोमबार काठमाडौमा एक समारोहमा वन संरक्षण , सम्बर्द्धन , दिगो विकास , वातावरण सन्तुलन , जैविक विविधता संरक्षण र गरिबी न्युनिकरणमा योगदान पुर्याएको भन्दै देविझोडा सामुदायिक वन समुहलाई नगद एक लाख सहित सम्मान पत्र गणेशमान सिंह राष्ट्रिय पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी वन तथा भु संरक्षण मन्त्री ऎनबहादुर शाहीले उक्त पुरस्कार र सम्मान पत्र प्रदान गरेका थिए । पुरस्कार बितरण कार्यक्रममा वन समुहका तर्फबाट अध्यक्ष गोविन्द बस्नेत , उपाध्यक्ष रत्ना राई ,सचिब समीर सोदेम्बा र कोषाध्यक्ष आशा लिम्बु उपस्थित थिए ।
त्यसैगरी कवुलियती वन तर्फ परमाने पखेरो कवुलियती वन समूह, तेह्रथुम प्रथम ,नीजि वन तर्फ भरत कुमार बस्नेत, झापा प्रथम र पुनम कुमारी, मोरङ द्वितिय भएका छन् । साझेदारी वन तर्फ बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूह, मोरङ द्वितीय भएको छ ।
त्यसैगरी वन कर्मचारी तर्फ मोरङका गणेश बहादुर कार्की प्रथम र सहायक कर्मचारीतर्फ ईलामकी मनिषा कार्की तृतिय भएकी छन् ।









