बेलबारीको डेल्टा इंग्लिस स्कुललाइ अन्तर्राष्ट्रिय अवार्ड
- २९ आश्विन २०८२, बुधबार
बेलबारीको डेल्टा इंग्लिस स्कुल अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित भएको छ।
एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा मलेसियामा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ मा अवस्थित डेल्टा इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो ।
सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न कार्यक्रममा डेल्टा इंग्लिस स्कुललाई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित गरिएको थियो । अवार्डका लागि नेपाल, मलेसिया, फिलिपिन्स, युएसए, युके, इण्डिया, बांग्लादेश लगायतका देशका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरु छनौट भएका थिए ।
अवार्ड ग्रहण गर्नका लागि विद्यालयका संस्थापक अध्यक्ष पर्वत राई गत हप्ता सिंगापुर, थाइल्याणड हुँदै मलेसिया पुगेका थिए । राई निजी विद्यालयहरुको साझा छाता संगठन नेसनल प्याब्सनको पालिकाको नेतृत्व गर्दै हाल मोरङ जिल्ला कार्यसमिति उपाध्यक्ष र केन्द्रीय उप-समिति अन्तर्गत इभेन्ट म्यानेजमेन्टका सदस्यका रूपमा सक्रिय रहँदै आएका छन ।









