मोरङका निजी विद्यालयका सञ्चालकहरु आन्दोलित
- ३२ श्रावण २०८२, शनिबार
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् ।
निजी विद्यालय सञ्चालकहरूका संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
मोरङ्को बेलबारीमा पनि नगरपालिका मार्फत ज्ञापनपत्र बुझाईएको छ । प्याब्सन मोरङ अध्यक्ष जगत बस्नेत,बेलबारी अध्यक्ष भगवतीप्रसाद घिमिरे लगायतले नगर प्रमुख दिलप्रसाद राईलाई ज्ञापनपत्र बुझाएका हुन ।
शुक्रबार जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापन पत्र बुझाएका निजी विद्यालय सञ्चालकले भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई पनि ज्ञापनपत्र बुझाइने, भदौ २ गते आफ्नो क्षेत्रका सांसदहरूलाई ज्ञापन पत्र बुझाउने र सुझाव संकलनका लिग राष्ट्रिय परिषद्को भर्चुअल बैठक गर्ने निर्णय प्याब्सन /एनप्याब्सले गरेका छन् ।
त्यस्तै भदौ ३ गते पालिका, ४ गते जिल्ला, ५ गते प्रदेशस्तरीय आन्दोलन तयारी बैठक गर्ने र ६-७ गते केन्द्र/प्रदेशस्तरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम तय गरिएको छ ।









