प्रमुख

बेलबारी गाेल्डकपबाट बाहिरियो डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लब

डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाईज ललितपुर बेलबारी गाेल्डकपकाे उपाधि यात्राबाट बाहिरिएको छ । सुरुवाती गाेलकाे अग्रता जाेगाउन नसक्दा बुटवल लुम्बिनी फुटबल क्लबसँग २-१ गाेलले पराजित हुँदै ब्रिगेड उपाधि यात्राबाट बाहिरिएको हाे । आजकाे जितसँगै बेलबारी गाेल्डकपमा पहिलोपटक सहभागी भएको बुटवल लुम्बिनी सेमिफाइनलमा प्रवेश गरेको छ । बेलबारी ११ काे लक्ष्मी खेलमैदानमा... पुरा पढ्नुहोस

तीनवटा संस्थाको आयोजनामा केराबारीमा रक्तदान कार्यक्रम, ८१ प्रिन्ट रगत संकलन

चाडपर्वसंगै रगतको चरम अभाव भइरहेको बेला मोरङ केराबारीमा भएको रक्तदान कार्यक्रमबाट ८१ प्रिण्ट रगत संकलन भएको छ । केराबारीस्थित शुभ खानेपानी उपभोक्ता तथा सरसफाइ समिति, खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. र र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को संयुक्त आयोजना, केराबारी गाउँपालिका र निड फर... पुरा पढ्नुहोस

राजारानीलाइ ३–१ गोलले हराउँदै चित्लाङ क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा 

एक पक्षीय खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लब, राजारानी फुटबल क्लब धनकुटालाई ३–१ गोलले हराउँदै अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चित्लाङ फुटबल क्लबको जितका लागि १६ ओैं मिनेटमा हेनरीले गोल गरे । रोवर्टले कर्नर प्रहार गरेको बल राजारानीका गोलरक्षक प्रदीप भण्डारीले पञ्च... पुरा पढ्नुहोस

भोजपुरलाइ ३–० ले हराउँदै झापा ११ बेलबारी गोल्डकपको सेमीफाइनलमा 

झापा ११ फुटबल क्लव ,भोजपुर फुटबल क्लवलाई ३–० ले हराउँदै बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ  । झापाकाे जितका लागि निरज कार्कीले १ गाेल र प्रदीप बुढाथोकीले २ गाेल गरे । खेल सुरु भएको पहिलो मिनेटमै झापाका निरज कार्कीले भाेजपुर बिरुद्ध... पुरा पढ्नुहोस

पब्लिक कम्पनीमा रुपान्तरण भो नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । यसअघि प्राइभेट लिमिटेड कम्पनीका रुपमा चल्दै उक्त कलेज नयाँ संरचनासहित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेड कम्पनी बनेको हो । चिकित्साा शिक्षा अध्यापन गराउने नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल अब पब्लिक लिमिटेडमा परिवर्तन भएको चिकित्सा शिक्षा आयोगले... पुरा पढ्नुहोस

बेलबारी गोल्डकप : चित्लाङको जितसँगै बाहिरियो आयोजक एलएक्ससिटी

बेलबारीमा जारी आरजु राइस सातौं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट आयोजक एलएक्ससिटी फुटबल क्लब बाहिरिएको छ । शनिबार भएको खेलमा चित्लाङ फुटबल क्लव काठमाडौंसँग ३–२ गोलले पराजित हुँदै आयोजक एलएक्स सिटी फुटबल क्लव बेलबारी ११, बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको हो । १४ औं मिनेटमा सुशील राईको गोलबाट... पुरा पढ्नुहोस

सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ बेलबारी गोल्डकपको क्वाटरफाइनल

उद्घाटन खेलमा भारतको कन्चनजंघा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौं आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बेलबारी ११ को लक्ष्मी खेलमैदानमा भएको उद्घाटन खेलको नवौं मिनेटमा कन्चनजंघा फुटबल क्लब सिलिगुडीका प्रनेश प्रधानले वान भर्सेज वानमा उत्कृष्ट गोल... पुरा पढ्नुहोस

बेलबारी खानेपानीको साधारणसभामा प्रदेश मन्त्रीको आश्वासन : फिल्टर प्लाण्ट दिन्छौं

बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको छैठौँ बार्षिक साधारणसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यतामा र संस्थाका अध्यक्ष किशोर कुमार कार्कीको अध्यक्षतामा सोमबार साधारणसभा सप्पन्न भएको हो । बेलबारी ३ स्थित संस्थाको भवन परिसरमै भएको कार्यक्रममा... पुरा पढ्नुहोस

पथरीका किराना तथा माछा पसलमा नगरपालिकाको अनुगमन

पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिका संयोजक देविमाया काफ्लेको संयोजकत्वमा पथरी बजारमा रहेका किराना पसल र माछा पसलहरूको अनुगमन गरिएको छ । नगरपालिकाको वडा नं. १ मा स्थापित किराना पसल, माछा पसल तथा होटलहरूको अनुगमन गरिएको हो । ३५ वटा किराना पसल तथा माछा पसलहरूको अनुगमनमा म्याद नाघेका खाद्यान्न... पुरा पढ्नुहोस

दलीय भागबण्डाका आधारमा बन्यो बेलबारी क्याम्पसको सञ्चालक समिति, परेनन् महिला

एकजना पनि परेनन्  महिला मोरङ बेलबारी मा रहेको बेलबारी बहुमुखी क्याम्पसमा पनि दलीय भागबण्डाबाट नयाँ समिति चयन भएको छ । अध्यक्ष सहित ३ जना एमाले, कोषाध्यक्ष सहित ४ जना काँग्रेस र उपाध्यक्ष सहित ३ जना माओबादीको भागमा पर्नेगरी भागबन्डा गरेर समिति बनाइएको हो । सामाजिक क्षेत्रमा सक्रिय एकजनालाई सदस्य बनाईएको... पुरा पढ्नुहोस