१६ करोड २७ लाख ७४ हजार पुग्यो बेलबारी नगरपालिकाको बेरुजु

  • १६ असार २०८२, सोमबार

मोरङको बेलबारी नगरपालिकामा ४ करोड ९६ लाख ५ हजार बेरुजु देखिएको छ । २ अर्ब ५५ करोड ९७ लाख ४० हजार लेखा परिक्षण गरिएकोमा सो रकम बेरुजु देखिएको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
यो सँगै नगरपालिकामा हालसम्मको बेरुजु १६ करोड २७ लाख ७४ हजार पुगेको छ । २०८० । ०८१ को लेखा परिक्षण प्रतिबेदन २०८२ जेठ ६ गते महालेखाले सो प्रतिबेदन दिएपनि बेलबारी नगरपालिकाको आधिकारीक बेभसाईटमा भने सो प्रतिबेदन राखिएको र्छैन । सबै बर्षका प्रतिबेदन राखिनु र जेठमै प्राप्त भएको यो प्रतिबेदन बेभसाईटमा अझैसम्म नराखिनुले समेत शंका उब्जाएको छ ।
बेलबारी नगरपालिकामा केही कर्मचारीहरुको मिलेमोतोमा ब्यापक अनियमितता भईरहेको आरोप लागिरहँदा यो बेरुजुको बढदो ग्राफले समेत शंकालाई बल पुगेको देखिन्छ ।