कार्तिक १५ देखि पथरी शनिश्चरेमा दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप हुने

  • १२ कार्तिक २०८२, मंगलवार

अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप -२०८२ आगामी कार्तिक १५ गतेदेखि २२ गते सम्म सञ्चालन गर्नेबारे हरियाली सामुदायिक वनको सभाहलमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
उक्त सम्मेलनमा प्रमुख अतिथिको तर्फबाट पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाेले आफ्नो शुभकामना मन्तव्य राख्नु हुँदै पथरी शनिश्चरे नगरपालिकाले यो दोस्रो पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता नगरकै पहिचानको निरन्तरता भएको र यस प्रतियोगिताको सफलताको लागि सहयोग पुर्याउन सबैलाई आग्रह गर्नुभएको छ।

सोही कार्यक्रममा आयोजक पथरी -११ फुटबल क्लब अध्यक्ष सुमन विकले आउने कार्तिक १५ गतेदेखि २२ गते सम्म संचालन हुने जानकारी दिनु हुँदै पहिलो उद्घाटन खेल सलहेश यूवा क्लव र सिलीगुडी कञ्चनजङ्घा फुटबल क्लब,भारतबिच हुने बताउनुभयो। उहाँले काठमाडौंका ए डिभिजन लिगमा सहभागी भएका ३ टिम सहित स्थानीय फुटबल क्लबहरू प्रतियोगिता संचालन हुने जानकारी दिनुभयो। प्रतियोगिताका पहिलो विजेता र उपविजेतालाई क्रमश: ५ लाख र २ लाख ५० हजार रूपैयाँ नगद र ट्रफी प्रदान गरिने समेत सुनाउनु भयो। हरेक दिन म्यान अफ दि म्याच घोषित गरि उत्कृष्ट खेलाडीहरूलाई प्रोत्साहन स्वरुप विधागत पुरस्कार समेत प्रदान गरिने उल्लेख गर्नुभयो।

प्रतियोगिताका क्रममा दोस्रो खेल ईन्ट्रा पथरी -११ फुटबल क्लब र ब्रिगेड बोईज क्लब ललितपुर, तेस्रो खेल १७ गते संकटा फुटबल क्लब र पाँचथर फुटबल क्लब, १८ गते एन आर टी फुटबल क्लब र झापा फुटबल क्लबबिच पहिलो चरणको प्रतियोगितात्मक खेल हुने आयोजक जनाएको छ।

सम्मेलनमा पथरी शनिश्चरे नगरपालिकाका खेलकुद विकास समितिका संयोजक दिपक राई , अखिल नेपाल फुटबल सङ्घ मोरङका सन्जिव बुढाथोकी ,पथरी ११ फुटबल क्लबका टिम कोच अर्जुन बस्नेत लगायतले मन्तव्य राख्नुभएको र क्लबका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन पथरी- ११ फुटबल क्लबका सचिव केशर थुलुङ राईले गर्नुभएको थियो।