प्रमुख

बेलबारी नगरपालिकाद्वारा १ अर्ब ९ करोडको बजेट सार्वजनिक

बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल १ अर्ब ९ करोड ४५ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाको १७औँ नगरसभा अधिवेशनमा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेकी हुन्। प्रस्तावित बजेटमा चालू, पुँजीगत तथा वित्तीय व्यवस्थापन गरी तीनवटा शीर्षकमा... पुरा पढ्नुहोस

नमूनायोग्य काम गर्दै बेलबारी वडा नम्बर ३

बेलबारी नगरपालिकाका वडा नम्बर ३ ले पछिल्‌लो तीन बर्षमा केही नमूनायोग्य काम गरेको छ । योगेन्द्र सुवेदी दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित भएपछि सो वडाले नमुना वडाका रुपमा बिकास गरेको छ । बिकास निर्माणसँगै सो वडाले केही नागरिक मैत्री योजनाहरु समेत संचालन गरेको छ । वडाले प्रत्येक टोल बिकास संस्थाका... पुरा पढ्नुहोस

उदाहरणीय बन्दै उपमेयरसँग मातृशिशु कार्यक्रम

बेलबारी नगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग मातृशिशु कार्यक्रम उदाहरणीय बनेको छ । बेलबारी नगरपालिकाले तीन बर्षअघि शुरु गरेको मौलिक प्रकारको मानिएको यो कार्यक्रम उदाहरणीय बनेको हो । समाजमा छोरीप्रतिको धारणामा परिवर्तन ल्याउन पहिलो र दोस्रो सन्तान छोरी पाउने दम्पत्तिलाइ लक्षित गरी नगरपालिकाले यो कार्यक्रम शुरु गरेको थियो । बेलबारी नगरपालिकाका अनुसार... पुरा पढ्नुहोस

केराबारी गाउँपालिका क्षेत्रमा बजेटको ओइरो, जनप्रतिनिधिहरु उत्साहित

मोरङ केराबारी गाउँपालिका क्षेत्रमा केन्द्रिय र प्रदेश सरकार मार्फत विभिन्न योजनाका लागि यसै बर्ष झन्डै एक अर्ब हाराहारीमा बजेट आउने भएको छ । केराबारी गाउँपालिकाको र मोरङ क्षेत्र नम्बर १ का संघीय सांसद डिकबहादुर लिम्बु मार्फत केराबारी गाउंपालिका क्षेत्रमा एक अर्व हाराहारी बजेट आउने भएको हो । केराबारी गाउँपालिकाका अनुसार... पुरा पढ्नुहोस

दुइवटा वडामा विभाजन हुँदै केराबारी ९

केराबारी गाउँपालिकाको वडा नम्बर ९ लाइ बिभाजन गरी २ वटा वडा बन्ने भएको छ । स्थानीय तहमा भएको सहमति र निर्णयका आधारमा कोशी प्रदेश सरकारले गत चैतमा केराबारी गाउँपालिकाको वडा नम्बर ९ लाई विभाजन गर्न संघीय सरकारलाई सिफारिस गरिसकेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले मोरङको वडा दुई भौगोलिक क्षेत्रमा... पुरा पढ्नुहोस

रेडस्टारले जित्यो स्व. रमेश लामा स्मृति नकआउट फुटबलको उपाधि

बेलबारीमा आयोजित प्रथम स्व. रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि रेडस्टार फुटबल क्लब बिर्तामोडले जितेको छ । आयोजक बेलबारी फुटबल क्लब ए र रेडस्टार फुटबल क्लब बिर्तामोडबिच शनिबार भएको फाइनल खेलमा आयोजक टोली बेलबारी ‘ए’ लाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै बिर्तामोडले उपाधि जितेको हो ।... पुरा पढ्नुहोस

कक्षा ७ देखि नै ट्युसन कक्षा संचालन गराउने बेलबारी नगरपालिकाको योजना

अघिल्लो बर्ष कक्षा ८ र १० मा अध्ययनरल विद्यार्थीहरुलालइ गणित र विज्ञान बिषयमा अतिरिक्त कक्षाको कार्यक्रम सञ्चालन गरेको बेलबारी नगरपालिकाले यस बर्ष कक्ष्ाँा ७ देखि नै सो कार्यक्रमलाइ निरन्तरता दिने योजना बनाएको छ । अघिल्लो बर्ष सञ्चालित कार्यक्रमबाट डेढ दर्जनभन्दा बढी सामुदायिक विद्यालयका एक हजार चार सयभन्दा बढी विद्यार्थीहरुले लाभ... पुरा पढ्नुहोस

बेलबारी नगर अस्पतालमा १० महिनामा झण्डै ५० हजारले गराए उपचार

बेलबारी नगर अस्पतालमा २०८१ साउनदेखि बैशाख मसान्तसम्ममा चेक जाँच तथा उपचारका लागि कूल ४७ हजार ३ सय २ जना बिरामीहरु आएका छन् । स्वास्थ्य जाँच र उपचारका धेरैजसो सुबिधा उपलब्ध भएपछि बेलबारी नगर अस्पतालमा मा बिरामीहरु बढेका हुन् । शनिबार र सार्वजनिक बिदाको दिन बाहेक दैनिक बिहान ७ बजेदेखि बेलुका... पुरा पढ्नुहोस

दश महिनामा एक लाख ३६ हजार पर्यटकले भ्रमण गरे बेतना

मोरङमा सबैभन्दा ब्यस्त र भीड हुने पर्यटकीय केन्द्र बेतना सिमसारमा बिगत १० महिनाको अबधिमा एक लाख ३६ हजार पर्यटकले भ्रमण गरेका छन् । बेतना सिमसारले उपलब्ध गराएको तथ्यांक अनुसार २०८१ साउनदेखि २०८२ जेठसम्ममा एक लाख ३६ हजार आठ सय जनाले प्रवेश टिकट काटेर बेतना सिमसारको भ्रमण गरेका हुन् । यो... पुरा पढ्नुहोस