दश महिनामा एक लाख ३६ हजार पर्यटकले भ्रमण गरे बेतना

  • २८ जेष्ठ २०८२, मंगलवार

मोरङमा सबैभन्दा ब्यस्त र भीड हुने पर्यटकीय केन्द्र बेतना सिमसारमा बिगत १० महिनाको अबधिमा एक लाख ३६ हजार पर्यटकले भ्रमण गरेका छन् ।
बेतना सिमसारले उपलब्ध गराएको तथ्यांक अनुसार २०८१ साउनदेखि २०८२ जेठसम्ममा एक लाख ३६ हजार आठ सय जनाले प्रवेश टिकट काटेर बेतना सिमसारको भ्रमण गरेका हुन् । यो तथ्याङ्क निशुल्‌क प्रवेशको सुविधा पाएका १० वर्ष मुनिका बालबालिका, ७० बर्ष माथिका वृद्धवृद्धा, स्थानीय उपभोक्ता, जनप्रतिनिधि, सञ्चारकर्मी तथा समिति बाहेकको हो । त्यस्तै सोही अवधिमा १५ हजार ३ सय १५ वटा मोटरसाइकलबाट पार्किङ शुल्क प्राप्त भएको छ । दश महिनाको अबधिमा १ हजार ७ सय ४३ वटा साना चारपाङ्ग्रे सवारी, ३ सय १३ वटा बस, ४ सय वटा साइकलबाट पार्किङ शुल्क उठेको छ । यस आर्थिक बर्षको झण्डै ११ महिनाको अबधिमा ५ सय वटाभन्दा बढी बनभोज टोली आएको र ५ हजार ९ सय १६ जनाले टिकट काटेर डुंगा (बोटिङ) गरेको बेतना सिमसारले जनाएको छ
बेतना सामूदायिक वन उपभोक्ता समितिको संरक्षणमा रहेको बेतना सिमसारमा धेरैजसो मानिसहरु रमणीय सिमसार हेर्न आउँछन् । बेतनामा बिभिन्न जातका माछा, कछुवा, जीबजन्तु, बनस्पति आदि छन् । यहाँ विश्व कै दुर्लभ प्रजातिका कछुवा छन । सिमसार भित्र सय केजी भन्दा बढी तौलका कछुवाहरू जो कोहीले सजिलै अवलोकन गर्न सक्ने वनका अध्यक्ष शम्भु भट्टराई बताउँछन । बेतनालाई दुर्लभ प्रजातिका कछुवाको प्रजनन केन्द्रका रुपमा पनि चिनिन्छ ।
केहि बर्ढयता सिमसार परिसरमा चिडियाखानको झल्को दिने गरी उद्दार गरी ल्याइएका जङ्गली जीव जन्तुको संरक्षण गरिएको छ । अध्यक्ष भट्टराईका अनुसार सीमसार क्षेत्रमा नील गाई , विभिन्न प्रजातिका बाँदर, लोखर्के, बन बिरालो,सर्प,अंजिगर, चाइनिज मुसा ,खरायो, लाटोकोसेरो, हुँचिल,दुम्सी,चित्तल लगायतका जीवजन्तुलाइ संरक्षण गरिएको छ । हिउँदमा साईबेरिया देखि दुर्लभ प्रजातिका चराहरु आउने गरेकोले पनि यो क्षेत्र आकर्षक गन्तब्य बनेको जानकारहरू बताउँछन् ।
सिमसारमा रहेको पानीले करिब एक हजार बिगाहा जमीनलाई बाह्रै महिना सिंचित गरेको छ । बि।स २०५७ सालमा बेतौना जलउपभोक्ता समुह गठन गरी पानी उपयोग गर्दै आएका किसानहरु सम्मिलित समुहले समेत सो सिमसार क्षेत्रको संरक्षण गर्दै आएका छन् । सिमसार क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने उदेश्यले वातावरण सौन्दर्यविदहरूको सहयोगमा कमिलो, विभिन्न प्रजातिका हाडखोरहरुको प्रतिमा समेत बनाएर राखिएको छ , जसले उक्त क्षेत्रको फरक पहिचान दिएको छ । सिमसार क्षेत्रमा दुई प्रजातिको दुर्लभ बेत बनस्पति पनि पाइन्छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएर रहेको सिमसार क्षेत्रमा बिदाको दिन खुट्टा राख्ने ठाउँ सम्म पाइदैन । १ सय ७४ दशमलव (१ हेक्टरमा फैलिएको सामूदायिक वनमा ११ हेक्टर क्षेत्रफलमा मसार क्षेत्र छ भने ७ हेक्टरमा पोखरी क्षेत्र रहेको छ । सिमसार क्षेत्रको संरक्षणको लागि बरिपरि तार घेराबारा समेत गरिएको छ । केही बर्षदेखि बेतनाको सिमसार पोखरीमा संचालन गरिएको ढुंगा हाल आएर आम्दानीको मुख्य स्रोत भएको छ । – संयन्त्र साप्ताहिकबाट