गोठगाउँमा पनि शुरु हुनेभो मेडिकल कलेज, पुर्वान्चल बिश्व विद्यालयले पायो अनुमति
- ३२ श्रावण २०८२, शनिबार
सुन्दरहरैंचा नगरपालिका क्षेत्रको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयले ५० बेडको अस्पतालसहित मेडिकल कलेजको सम्बन्धन पाएको छ ।
मोरङ ३ का संघीय सांसद डा. सुनिल शर्माले सामाजिक संजाल मार्फत विश्वविद्यालयले मेडिकल कलेजको सम्बन्धन पाएको जानकारी दिएका छन् । वि.सं. २०५२ सालमा स्व. गिरिजाप्रसाद कोइरालाको पालामा विश्वविद्यालय स्थापना भएको र २०५८ सालमा भौतिक संरचना निर्माण सम्पन्न भएको विश्वविद्यालयले बल्ल मेडिकल कलेजको सम्बन्धन पाएको हो ।
वि.सं. २०६२ सालमा एमबिबिएस अध्ययन प्रारम्भ गरेको यस विश्वविद्यालयले जनआन्दोलन लगायतका विभिन्न कारण देखाउँदै पठनपाठन बन्द गरेको थियो । यस क्षेत्रका राजनितिक तथा सामाजिक व्यक्तित्वहरुको पहल र दबाबका कारण अस्पताल सञ्चालन हुँदै आएको बिश्व विद्यालयमा नर्सिङ र फार्मेसी लगायतका कार्यक्रम वि.सं. २०७०।०७१ सालबाट सञ्चालनमा छन् ।
नर्सिङ, फर्मेसी लगायत अन्य शैक्षिक कार्यक्रम सञ्चालन भएपनि विश्वविद्यालयको लक्ष्य अनुरुप मेडिकल कलेज सञ्चालन हुन नसक्दा राजनैतिक दलहरुले पटक–पटक सडकजामदेखि सहयोग समिति निर्माण गरी विभिन्न दवावमुलक कार्यक्रम गर्दै आएका थिए । ।
केन्द्रिय कार्यालय विराटनगरमा नै कायम गर्न अनेकौं चलखेल भएपनि पुर्व सांसद भानुभक्त ढकालको कार्यकालमा ऐनमा संसोधन गरी गोठगाउँमा केन्द्रिय कार्यालय राख्ने ब्यबस्था गरिएको थियो । सांसद सुनिल शर्माले पनि गोठगाउँमा मेडिकल कलेज संचालनका लागि पहल गर्दै आएका थिए ।
यहाँस्थित सामाजिक तथा राजनैतिक दवावसँगै निर्वाचित माननियहरुको समन्वयका कारण पुष्पकमल दाहाल प्रधानमन्त्री भएका समयमा वि.सं. २०७८ सालमा कोशी अस्पतालसँग अभ्यासका लागि अस्पताल प्रयोग गर्ने सम्झौता भएको थियो । मेडिकल कलेजको मुद्दा पेचिलो बन्दै जाँदा राजनैतिक वृत्तमा हार र जितको अवस्था समेत सिर्जना हुन पुगेको थियो । त्यसै क्रममा माननिय डा. सुनिलकुमार शर्माले समुदायको सेन्टिमेन्टलाई बुझि कलेजको मुद्दालाई उठान गरेका थिए ।
बिश्व विद्यालयले मेडिकल कलेज संचालनको अनुमती पाएपछि मोरङ ३ बाट निर्वाचित संघीय सांसद डा.सुनिल्शर्माले फेसबुकमा लेखेका छन् – व”र्षौँदेखि केवल कागजी प्रक्रियामै अड्किएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज अब अन्ततः सञ्चालनमा आएको छ। यो उपलब्धि मोरङ क्षेत्र नं. ३ र सम्पूर्ण कोशी प्रदेशको इतिहासमा एक गौरवपूर्ण कोशेढुङ्गा हो । आज, मोरङका जनतासँग गरेको मेरो एक ठोस प्रतिबद्धता पनि पूरा भएको छ, त्यस्तो प्रतिबद्धता, जसले आमनागरिकलाई स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा सहजता, पहुँचता र दिगोपन अभिवृद्धि गर्नेछ।”
प्रदेश सांसद लोकप्रसाद संग्रौलाले पनि सामाजिक संजाल फेसबुकमार्फत विश्वविद्यालयले ५० बेडको अस्पतालसहित मेडिकल कलेजको सम्बन्धन पाएकोमा खुशी व्यक्त गरेका छन् ।









