रेडस्टारले जित्यो स्व. रमेश लामा स्मृति नकआउट फुटबलको उपाधि

  • १ असार २०८२, आईतवार

बेलबारीमा आयोजित प्रथम स्व. रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि रेडस्टार फुटबल क्लब बिर्तामोडले जितेको छ ।
आयोजक बेलबारी फुटबल क्लब ए र रेडस्टार फुटबल क्लब बिर्तामोडबिच शनिबार भएको फाइनल खेलमा आयोजक टोली बेलबारी ‘ए’ लाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै बिर्तामोडले उपाधि जितेको हो । प्रतियोगिताको समापन समारोहमा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्की प्रमुख अतिथि र बेलबारी नगरपालिकाका नगर प्रमूख दिल प्रसाद राइ प्रमूख अतिथि थिए ।
पहिलो हाफसम्म बेलबारीलाइ निकै दबाबमा राखेपनि बिर्तामोडले गोल गर्न सकेन । दोस्रो हापमा बिर्तामोडका निमा तामाङ रातो कार्ड पाएर बाहिरिएपछि बेलबारी निकै आक्रामक भएपनि उसले पनि गोल गर्न सकेन । निर्धारित समयमा दुवैतर्फबाट कुनै गोल नगरेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा बेलबारीका खेलाडी मौसम लिम्बुले पोष्ट बाहिर होल हानेर गोल गर्न चुकेपछि पेनाल्टीका सबै गोल गर्दै बिर्तामोडले प्रतियोगिता जित्यो ।
प्रतियोगिताको विजेता रेड स्टारले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद २ लाख २ हजार २ सय २२ रुपयाँ प्राप्त गरेको छ भने उपविजेता बेलबारी ‘ए’ ले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु. १ लाख १ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गरेको छ । फाइलन खेलको म्यान अफ द म्याच झापाका पेमा तामाङ घोषित भए, जसले नगद रु. २ हजार ५ सय ५ प्राप्त गरे ।
प्रतियोगितामा वेस्ट कोच झापाका भुपिन लिम्बु, वेस्ट डिफेन्स देवेन्द्र तामाङ, वेस्ट गोलकिपर विवेक मगर, सर्वाधिक गोलकर्ता निमा तामाङ घोषित भएका छन् । उनीहरूले जनही रु. ५ हजार ५ रुपैयाँ प्राप्त गरे । वेस्ट फरवार्डमा बेलबारीका आशिस चापागाईँ, वेस्ट मिडफिल्डर विवेक पौडेल र राइजिङ खेलाडी अजय परियार घोषित भए । बेस्ट प्लेयर अफ द टुर्नामेन्ट झापाका खेलाडी श्याम मुरमुर घोषित भए । मुरमुरले रु.११ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा आठ टीम सहभागी थिए । प्रतियोगितामा आयोजक टिम बेलबारी फुटबल क्लब ‘ए’, इनरुवा फुटबल क्लब, योङ्ग ब्रदर्स क्लब इटहरी, अस्सकेराबारी फुटबल क्लब, डाँडाबजार फुटबल क्लब, रेड स्टार फुटबल क्लब बिर्तामोड , आयोजक टिम बेलबारी फुटबल क्लब ‘बि’ र आर।आई।एफ।सी काठमाडौँ गरी जम्मा ८ टिम सहभागी थिए ।
बिक्रम सम्बत २))५ सालमा खोटाङको धारापानीमा जन्म भई २)३५ सालदेखि बेलबारीमा बसोबास रहेका रमेशकुमार तामाङको २)७८ सालमा निधन भएको थियो । मूलतः मातृभाषाका लेखक तथा स्रष्टाको रूपमा परिचित तामाङका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनी कला संस्कृति र राजनीतिमा पनि सक्रिय थिए ।