विश्व सुन्दरी प्रतियोगितामा भाग लिँदै पथरीकी रन्जु

  • १४ श्रावण २०८२, मंगलवार

पञ्चायत माध्यमिक विद्यालयकी पूर्व विद्यार्थी रिजु भट्टराइले विश्व सुन्दरी प्रतियोगितामा भाग लिने भएकी छन् ।

मिस ग्लोब जितेकि भट्टराई  विश्व सुन्दरी भिड्न अल्वानिया जान लागेकी हुन् । रिजुलाइ विद्यालय ब्यबस्थापन समिति अध्यक्ष यज्ञ बास्कोटा र प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको हातबाट बधाई, शुभकामना पत्र, खदा र मायाको चिनो प्रदान गरिएको थियो । रिजुलाइ पञ्चायत माविको लोगो भएको टिसट समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा उपस्थित  शिक्षकहरुले टिका र खदा लगाएर शुभकामना दिएका थिए  ।

शिक्षक विवेक सुवेदीले अमेरिकामा विद्यावारिधि गर्ने अवसर

त्यसैगरी पञ्चायत माविका शिक्षक विवेक सुवेदीले अमेरिकामा विद्यावारिधि गर्ने अवसर पाएका छन् ।
बिक्रम सम्बत २०७८ सालदेखि पञ्चायत माविको विज्ञान संकायमा भौतिक विज्ञान विषयमा कक्षा ११ र १२ पढाउदै आएका सुवेदीलाई अमेरिकामा विद्यावारिधिको छात्रावृत्ति प्राप्त भएको हो । सो अबसर पाएपछि सुवेदी अध्ययनको लागि त्यसतर्फ जान लागेका छन् ।
विश्व सुन्दरी प्रतियोगितामा भाग लिने रन्जु र शिक्षक सुवेदी दुवैजनालाई सोमबार विद्यालयले सम्मान तथा शुभकामना कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो । नमुना घोषित पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा, सहायक प्रधानध्यापक मोहन शर्मा, शिक्षक चक्रधर गौतम, गणेश विष्ट लगायतले शुभकामना दिएका थिए ।