नमूनायोग्य काम गर्दै बेलबारी वडा नम्बर ३
- १० असार २०८२, मंगलवार
बेलबारी नगरपालिकाका वडा नम्बर ३ ले पछिल्लो तीन बर्षमा केही नमूनायोग्य काम गरेको छ ।
योगेन्द्र सुवेदी दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित भएपछि सो वडाले नमुना वडाका रुपमा बिकास गरेको छ । बिकास निर्माणसँगै सो वडाले केही नागरिक मैत्री योजनाहरु समेत संचालन गरेको छ ।
वडाले प्रत्येक टोल बिकास संस्थाका एकजना किसानलाइ आत्मनिर्भर बनाउन गाई पालनका लागि ६० हजार रुपैयाँ उपलब्ध गराएको छ ।
वडा कार्यालयले आफ्नो वडाभित्र रहेका ९ वटा टोलमा सडक बत्तिको ब्यबस्था पनि गरेको छ । वडाले प्रत्येक टोल बिकास क्षेत्रमा नगरपालिकाले बिल तिर्नेगरी सडक बत्तिको मिटर जडान गरेको छ ।
त्यसैगरी वडाको कुनै पनि नागरिकको मृत्यु हुँदा दाहसंस्कारका लागि निस्षुल्क ५ क्विन्टल दाउरा उपलब्ध गराउँदै आएको वडाध्यक्ष योगेन्द्र सुवेदीले जानकारी दिए ।
वडाध्यक्ष सुवेदीका अनुसार वडाले टोल बिकासमा बिभिन्न कार्यक्रमका लागि ५० हजार अनुदान दिने गरेको छ भने बार्षिक रुपमा उत्कृष्ट टोल बिकास संस्थालाई १ लाख रुपैया पुरस्कार समेत दिने गरेको छ ।
वडाले बेलबारी नगरपालिकाको पहिलो जाति धिमाल समुदायका महिलाहरुलाई एक लाख ८० हजार रुपैयाँको धागो बितरण गरेको छ ।
ती महिलाहरुले उत्पादन गरेका सामग्रीहरुको बजारीकरणका लागि समते वडाले ६० हजार नगद उपलब्ध गराएको छ ।
त्यस्तै वडा कार्यालयले बेलबारी नगरपालिकामै पहिलो पटक सार्बजनिक ब्यायमशाला निर्माण गरि सञ्चालन गरेको छ । वडाले चार लाख रुपैयाको लागतमा ब्यायमशाला निर्माण गरेको थियो । वडाले बेलाबखत वडाका विभिन्न ठाउँहरुमा बृक्षारोपण तथा बिरुवा बितरण समेत गर्दै आएको छ ।
वडामा लोहोन्द्रा गंगाधामको नजिकै बाल उद्यान निर्माणको क्रममा रहेको र निकट भविष्यमै बालमैत्री वडा घोषणा गर्ने तयारी भईरहेको वडाध्यक्ष सुवेदीले जानकारी दिए । – संयन्त्र साप्ताहिकबाट









