प्रमुख
बेलबारीमा गरियो ‘सम्झनामा गणेश रसिक’ कार्यक्रम
- 4 महिना, 21 दिन अगाडि
- २८ जेष्ठ २०८२, मंगलवार
दिवङ्गत गीतकार, सङ्गीतकार, गायक तथा अग्रज स्रष्टा गणेश रसिकको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको चर्चा गर्दै मोरङको बेलबारीमा ‘सम्झनामा गणेश रसिक’ कार्यक्रम सम्पन्न भएको छ । ‘ जुझारु मिडिया एन्ड रिसर्च सेन्टर तथा शिक्षा सन्देश इङ्ग्लिस स्कुलको संयुक्त आयोजनमा कार्यक्रम गरिएको हो । पूर्व सांसदसमेत रहेका वरिष्ठ साहित्यकार हर्कमान प्रमुख अतिथि... पुरा पढ्नुहोस
सुनका लागि मोरङमा वृद्धाको हत्या : छोरीले बचाइन्, आमाले मारिन्
- 4 महिना, 21 दिन अगाडि
- २८ जेष्ठ २०८२, मंगलवार
मोरङमा सुनको गहनाका लागि १ जना वृद्धाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोरङको ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्काको हत्या भएको हो । उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ग्रामथान–६ की ४० वर्षीया सीता ऋषिदेवलाई पक्राउ गरेको छ । घरबाट बेपत्ता भएकी तिलमायाको शव ग्रामथान–६ स्थित... पुरा पढ्नुहोस
डाक्टर सजिनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने
- 4 महिना, 21 दिन अगाडि
- २८ जेष्ठ २०८२, मंगलवार
धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सजिना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल, मंगलबारेमा साेमबार बसेकाे बैठकले धिमाल जाति कै पहिलाे एमबिबिएस डा. सजिना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गर्ने... पुरा पढ्नुहोस
गायनतर्फ राज र नृत्यमा गरिमाले जिते प्रथम पथरीशनिश्चरे नगर आइडल
- 4 महिना, 22 दिन अगाडि
- २७ जेष्ठ २०८२, सोमबार
मोरङ्गको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीशनिश्चरे नगर आइडल जितेका छन् । आइडल जितसँगै दुवै जनाले नगर ४० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । आज हरियाली सामुदायिक वन समूहको सभा हलमा भएको ग्राण्ड फिनालेमा गायनतर्फ अभिशेक लिम्बू दोस्रो र तुलशा थापा... पुरा पढ्नुहोस
संयन्त्र साप्ताहिक जेठ २४, २०८२ (बर्ष १८, अंक १, पुर्णाङ्क २२१)
- 4 महिना, 22 दिन अगाडि
- २७ जेष्ठ २०८२, सोमबार
वाल्मीकीद्वारा आधारभूत तहका १ सय २५ जना विद्यार्थी दीक्षित
- 4 महिना, 24 दिन अगाडि
- २५ जेष्ठ २०८२, शनिबार
भुमि पाठक /‘अध्ययन कार्यको समाप्ति’ भन्ने मूल अर्थ वहन गरेको ‘दीक्षान्त’ कार्यक्रम खास गरी विश्वविद्यालयीय शिक्षामा प्रचलित छ । कुनै विश्वविद्यालयबाट हुने निश्चित अध्ययन अवधिको समाप्तिपछि समारोहकै रूपमा आयोजना गरिने दीक्षान्त कार्यक्रममार्फत विद्यार्थीलाई दीक्षित गर्ने सनातनी प्रचलन छ । तर, मोरङको पथरीशनिश्चरे–२ मा रहेको वाल्मीकी मेमोरियल आवासीय माध्यमिक विद्यालयले भने... पुरा पढ्नुहोस
स्व. रमेश लामा स्मृति नकआउट फुटबलको उद्घाटन खेलमा केराबारी बिजयी
- 4 महिना, 24 दिन अगाडि
- २५ जेष्ठ २०८२, शनिबार
बेलबारीमा आयोजित प्रथम स्व. रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा इनरुवालाइ पराजित गर्दै केराबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवैतर्फ गोलरहित बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा केराबारीका खेलाडीले सबै गोल गरेपनि इनरुवाका एक खेलाडीले प्रहार गरेको गोल केराबारीका किपर सन्दिप लिम्बूले... पुरा पढ्नुहोस
सुबिधासम्पन्न भवनमा सर्यो केराबारी गाउँपालिका, सहज बन्यो सेवाप्रवाह
- 4 महिना, 25 दिन अगाडि
- २४ जेष्ठ २०८२, शुक्रबार
अम्बिका भण्डारी अन्यन्त साँघुरो र सानो भवनबाट कार्य संचालन गरिरहेको मोरङको केराबारी गाउँपालिकाले सुबिधा सम्पन्न नयाँ भवनमा सरेपछि दैनिक कार्य सन्चालन सहज भएको छ । दाताले दिएको १० कठ्ठा र गाउँपालिकाले खरिद गरेको ८ कट्ठा समेत गरी केराबारी १० बगैंचामा रहेको १८ कठ्ठा क्षेत्रफल जग्गामा नयाँ भवन निर्माण भएसँगै गाउँपालिका... पुरा पढ्नुहोस
प्याप्सन पथरीको चित्रकला प्रतियोगितामा सिनियरतर्फ रेडस्टार र जुनियरतर्फ एभरेष्ट प्रथम
- 4 महिना, 25 दिन अगाडि
- २४ जेष्ठ २०८२, शुक्रबार
मोरङको पथरी शनिश्चरेमा सम्पन्न भएको प्याब्सन नगरस्तरीय चित्रकला प्रतियोगिता २०८२ मा सिनियरतर्फ रेडस्टार मावि र जुनियरतर्फ एभरेष्ट बोडिङ्ग प्रथम भएका छन् । शुक्रबार वडा नं १ स्थित भुपु सैनिक अंग्रेजी माध्यमिक बिद्यालयमा सम्पन्न भएको प्रतियोगिताको सिनियर तर्फ रेडस्टार माविकी छात्रा जेरियाना राई प्रथम, वाल्मीकि मेमोरियल माविका छात्र सनम शिवा दोस्रो,... पुरा पढ्नुहोस
कानेपोखरी तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
- 4 महिना, 26 दिन अगाडि
- २३ जेष्ठ २०८२, बिहीबार
मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बाग्लुङ जिल्लाले चुमेको छ । जनसेवा माविमा १७ गते राती सम्पन्न १० औं राष्ष्ट्रिय सि.एच. आईटिएफ तेक्वान्दो च्यामपियनसिपको उपाधी बाग्लुङ जिल्लाले चुमेको हो । बाग्लुङले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको हो । जिल्लाले २० स्वर्ण... पुरा पढ्नुहोस











