प्रमुख

दोस्रो पथरी शनिश्चरे नगर खेलकुद २०८२ : फुटबलतर्फको उपाधि देवीगञ्ज एफसीलाइ

दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव-२०८२ अन्तर्गत पुरुष फुटबलतर्फको उपाधि देवीगञ्ज एफसीले उचालेको छ। आज आज पथरी शनिश्चरेवडा नं १ स्थित जाँते मोडमा रहेको प्रस्तावित रङ्गशालामा सम्पन्न भएको फाइनल खेलमा देवीगञ्ज एफसीले प्रभात सामुदायिक फुटबल क्लबलाई ट्राईबेकर हुँदै सडेन डेथमा पराजित गर्दै उपाधि चुमेको हो। खेलको निर्धारित समयमा दुवै टिमबाट... पुरा पढ्नुहोस

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिषण र अंकितालाई

‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । आज भएको दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिषण राईले जितेका छन् । पुरुषतर्फ राई र महिलातर्फ अंकिता राईले उपाधि चुमिन् । भिषणले १० किलोमिटर दुरी... पुरा पढ्नुहोस

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं साधारणसभा सम्पन्न

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं साधारणसभा  सुन्दरहरैंचा–१० स्थित बाघझोडा पर्यटकीय स्थलमा  सम्पन्न भएको छ । प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यता एवम्  उद्योग बाणिज्य संघ प्रदेश उपाध्यक्ष भीम पौडेल, संघका पूर्व अध्यक्ष नवराज चापागाईं र भोलेश्वर दुलाल विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । स्थानीय उद्योग, व्यापार तथा पर्यटन... पुरा पढ्नुहोस

नेकपा एमाले बेलबारी २ को अधिवेशन सम्पन्न, राजुको नेतृत्वमा नयाँ कमिटी

नेकपा एमाले बेलबारी नगर पालिका वडा न २ को अक्कधिवेशनले राजु परियारको अध्यक्षतामा सर्वसम्मत रूपमा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ । नेकपा एमाले, केन्द्रिय सल्लाहकार परिषद सदस्य बिनोद ढकालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले वडा कमिटी गठन गरेको हो । नवगठित समितिमा उपाध्यक्ष प्रेमबहादुर राई, सचिब कृष्ण कुमार मेन्याङ्बो,... पुरा पढ्नुहोस

बेलबारी नगरपालिका का एक सय ७० जना विद्यार्थीलाई छात्रवृत्ति

बेलबारी नगरपालिकाले नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयमा अध्ययन गर्ने  एक सय ७० जना विद्यार्थीहरूलाई रु.१४ लाख ३४ हजार ८ सय बराबरको छात्रवृत्ति प्रदान गरेको छ । शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यले बेलबारी नगरपालिकाभित्र माध्यमिक तह कक्षा ११ र १२ सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो  ।  यस आर्थिक... पुरा पढ्नुहोस

पूर्वाञ्चल हाइकु संघद्वारा प्रकाशित ‘सुनौलो जून’ लोकार्पण

पूर्वाञ्चल हाइकु सङ्घ कोसी प्रदेशद्वारा प्रकाशित हाइकु सङ्ग्रह ‘सुनौलो जून’ को लोकार्पण भएको छ । समारोह बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकार हर्कमान तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । लोकार्पण समारोहमा संविधान सभा सदस्य एवम् जनगायिका मधु गुरुङ, प्रेरणा परिषद् दार्जिलिङका अध्यक्ष मुक्तिनाथ शर्मा शोषित,... पुरा पढ्नुहोस

धार्मिक स्थल अतिक्रमण गर्न खोजिएको भन्दै धिमाल समुदाय आन्दोलित

आफ्नो धार्मिक/सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीमा धिमाल समुदायले आन्दोलन थालेका छन् । प्रकृति पूजक धिमाल समुदायले कानेपोखरी गाउँपालिका—७ स्थित पोखरी भएको स्थल नजिकै बिर्षक रुपमा धार्मिक सांस्कृतिक कार्य गर्दै आएका छन् । सो स्थलमा धिमाल समुदायले पूजा गर्नुको साथै ढोल बजाएर सांस्कृतिक कार्यक्रम गर्दै... पुरा पढ्नुहोस

छथरका शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सामुदायिक स्कुलमा पढाउनुपर्ने

तेह्रथुमको छथर गाउँपालिकाले एक सूचना जारी गर्दै कर्मचारी, शिक्षक, जनप्रतिनिधि तथा महिला स्वास्थ्य स्वयंसेविकालाई आफ्ना बालबालिकालाई शैक्षिक सत्र २०८२ देखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन निर्देशन दिएको छ। गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले जारी गरेकाे सूचनामा वडा कार्यालयमार्फत सम्बन्धित विद्यालय, जनप्रतिनिधि, कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकालाई बालबालिका सामुदायिक विद्यालयमा अध्ययन... पुरा पढ्नुहोस

पथरी शनिश्चरेमा दाेस्राे नगर खेलकुद महाेत्सव  २० ८२ हुँदै 

मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा दोस्रो नगर खेलकुद महोत्सव २०८२ यही बैशाख २० गतेदेखि सञ्चालन हुने भएकाे छ।पथरी शनिश्चरे वडा नं १ जाँते रोडस्थित प्रस्तावित रङ्गशालामा पथरी शनिश्चरे नगर खेलकुद महोत्सवका संयोजक दीपक राईले आयोजित एक पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको हो।आगामी बैशाख ३० गते सम्म सञ्चालन हुने "खेलकुद राष्ट्रकाे सान,... पुरा पढ्नुहोस

पथरी शनिश्चरेमा खुला सिङ्गिङ र डान्सिङ आईडल २०८२ को तयारी 

मोरङको पथरी शनिश्चरेमा खुल्ला सिङ्गिङ र डान्सिङ आइडल प्रतियोगिता-२०८२ हुने भएको छ। मनोहर होटल एण्ड पार्कमा आयोजित पत्रकार सम्मेलन मार्फत साहित्य प्रवर्धन समिति पथरी शनिश्चरेले मंगलबार सोको जानकारी दिएको हो। नगर क्षेत्रभित्र साहित्य, कला, संगीत, नृत्य, चित्रकला, मूर्तिकला, तथा अन्य सृजनात्मक विधामा प्रतिभा भएका व्यक्तिहरूको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले... पुरा पढ्नुहोस