शिविरडाँडामा बन्नेभो पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन
- २८ चैत्र २०८१, शुक्रबार
पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन वडा नं १० को शिविरडाँडामा निर्माण गरिने भएको छ ।
नगरपालिकाले नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिएको हो ।
पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवनका लागि आवश्यक १२ कठ्ठा जग्गा दिने फागुन १२ गते नेपाल सरकारको मन्त्री परिषद्बाट निर्णय भएको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले जानकारी दिए ।
सो कार्यका लागि आवश्यक आर्थिक तथा टेन्डर आह्वान प्रक्रिया सँगसँगै अगाडि बढिरहेको नगर प्रमुख तुम्वापोले बताए । नगर प्रमुख तुम्वापोले वैशाख महिनादेखि नै निर्माण कार्य सुरु भएर दुई वर्षभित्र सम्पन्न गर्ने उद्देश्य सहित अगाडि बढेको उल्लेख गरे ।
पत्रकार सम्मेलनमा नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, लेखा शाखा प्रमुख पीताम्बर वस्ती लगायतको उपस्थिति थियो ।



