सुकुना माविका प्रध्यानाध्यापक विश्व शिक्षक महासंघको सचिवालय सदस्यमा निर्वाचित

  • २४ चैत्र २०८१, सोमबार

मोरङ सुन्दरहरैंचा वडा -१० मा अबस्थित सुकुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक हिक्मत बहादुर बस्नेत विश्व शिक्षक महासंघको सचिवालय सदस्यमा निर्वाचित भएका छन् ।
हालै सम्पन्न विश्व शिक्षक महासंघ अन्तर्गत फेडेरेसन अफ टीचर्स युनियन को २० औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट बस्नेत सचिवालय सदस्यको रूपमा निर्वाचित भएका हुन् ।
मोरक्कोको राजधानी रबातमा आयोजित महाधिवेशनमा विश्वभरका शिक्षक संगठनका प्रतिनिधिहरूको सहभागिता थियो। नेपालबाट सहभागिता जनाउँदै बस्नेतले अन्तर्राष्ट्रिय स्तरमा नेपाली शिक्षकको प्रतिनिधित्व गरेका थिए ।
सचिवालय सदस्यमा निर्वाचित भएपछि उनले यस अवसरका लागि सबै शिक्षक, शिक्षा क्षेत्रका अग्रज, सङ्गठनका साथीहरू, सुकुना माविको परिवार र शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरे।
बस्नेतको चयनले नेपाली शिक्षण क्षेत्र तथा सुकुना माविलाई अन्तर्राष्ट्रिय स्तरमा अझै बढी परिचित गराउने विश्वास गरिएको छ।