बुद्धिचाल खेलको हब बन्दै पथरीशनिश्चरे

  • २८ चैत्र २०८१, शुक्रबार

भूमिप्रसाद  पाठक

मोरङको पथरीशनिश्चरे नगरपालिका बुद्धिचाल (चेसं) खेलको हब बन्दै गएको छ ।
पथरीशनिश्चरेमा २०५९ साल जेठ १२ गते ईश्वर आँशु मगरको अध्यक्षतामा फ्रेन्डसिप चेस क्वलको गठनपछि नगरमा निरन्तर बुद्धिचाल प्रतियोगिताहुँदै आएको छ ।
२०६८ र २०६९ मा ’पथरी च्याम्पियन बुद्धिचाल प्रतियोगिता’ गर्दै स्थानीय स्तरमा बौद्धिक क्षमता अभिवृद्धिको साथै खेल, खेलाडी विकास गर्दै आएको छ ।
बुद्धिचाल खेलको विकास र खेलको माध्यमबाट पथरीशनिश्चरे नगरलाई परिचय गराउने उदेश्यले सुरु भएको ‘सहिद रत्नकुमार वान्तावा राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता’को आज चौथो संस्करण सुरु भएको छ ।
‘सुृजनशील र स्वास्थ्य दिमागको लागि बुद्धिचाल’ भन्ने नाराको साथ सुरु भएको प्रतियोगिता चार दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
पथरीशनिश्चरे नगरमा राष्ट्रिय, नगर स्तरीय, स्कुलस्तरीय र ब्ल्जि गरेर बर्षमा आधा दर्जन बढी खेलकुद प्रतियोगिताहरु हुने गरेको छ । बुद्धिचाल खेलको क्रियाकलापहरुले गर्दा पथरीशनिश्चरे नगरमा ६० जना फिडे रेटिङ खेलाडीहरु उत्पादन भएका छन् ।
फ्रेन्डसिप चेस क्लवकै उत्पादनको रुपमा रहेको आरबिटर (निर्णायक) डम्बर राई प्रदेशभर व्यस्त निर्णायकको रुपमा स्थापित छन् । डम्बरको साथै तुलशी भण्डारी, पुकार राई पनि आरबिटर उत्पादन भएका छन् ।
पथरीशनिश्चरेबाट उत्पादित खेलाडी निलम बस्नेत प्रदेशभर खेल्न जाँदा बर्षभरी कुनै न कुनै पुरस्कार जितेर ल्याउने गरेका छन् । पथरीमा लोकसागर साम्बा, अमिर राई लगायतका खेलाडी अब्बल खेलाडीको रुपमा परिचित छन् ।
बुद्धिचाल खेलको माहोल बढ्दै जाँदा पथरीको एभरेष्ट, बाल्मीकि, किर्तिपुर एकेडेमीले बुद्धिचाल खेल शिक्षक राखेरै पठनपाठन सुरु गरेका छन् ।
आज सुरु भएको ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता—२०८१’मा पूर्व राष्ट्रिय च्याम्पियनहरु राजन सुवेदी, नवीन तण्डुकार, रुपैस जैसवाल, चर्चित महिला खेलाडी किर्तिसरा अधिकार लगायत नेपालका चर्चित खेलाडीहरु सहभागि रहेका छन् ।
पथरीशनिश्चरेलाई बुद्धिचाल खेलको हब निर्माण गर्ने भन्ने सम्बन्धमा अघिल्लो प्रतियोगितामा महिला प्रथम भएकी खेलाडी किर्तिसरा अधिकारी भन्नुहुन्छ ‘पथरीमा नेपालकै टप टप खेलाडीहरु सहभागी हुनुहुन्छ ।

बुद्धिचाल खेलको शिक्षक नै राखेर अन्तर विद्यालय स्तरीय प्रतियोगितामा विजेता पथरीको एभरेष्ट स्कुलका छात्रा सेरा गुरुङ बताउनुहुन्छ स्कुलबाट अरु विद्यार्थी धेरै खेल्दै आएपनि आफू पहिलोपटक सहभागीहुँदै गरेको बताउनुभयो ।

नेपालको वर्तमान च्याम्पियन रुपैस जैसवाल पथरीशनिश्चरेमा दोस्रो पटक सहभागी भएको बताउनुभयो । उहाँले देशैभरीबाट राम्रा खेलाडीहरु पथरीशनिश्चरे आउने गरेको बताउनुभयो ।

नेपालकै पुराना खेलाडी तथा नेपालको पूर्व राष्ट्रिय च्याम्पियन नवीन तण्डुकारले पथरीशनिश्चरे नगरमा खेलको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण प्रतियोगिता हुँदै आएको बताउनुभयो ।
पथरीशनिश्चरेले बुद्धिचाल क्रियाकलाप निरन्तर रहेमा ग्रेन्टमास्टरसम्म उत्पादनहुन सक्ने बताउनुभयो ।

आयोजक फ्रेन्डसिप चेस क्लवका अध्यक्ष धनराज राई (अमिरं) ले ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता—२०८१’मा ४१ वटा विधामा ३ लाख ७५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको बताउनुभयो ।
‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगितासँगै बडिबिल्डिङमा पाँचौ मिस्टर काठमाडौ ब्ल्जि प्रतियोगिताको लागि ४४ हजार छुट्टै प्रतियोगिताहुने अध्यक्ष धनराज राईले बताउनुभयो ।

‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता—२०८१’ को उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मोहन तुम्बापो र अन्डर सिस्टिन (१६)ं मोरङ वितेता सेम्रिस राईबाट गोटी चालेर उद्घाटन गरेका थिए ।
कार्यक्रमको औचित्य माथि बोल्दै आयोजक क्लवका उपाध्यक्ष अर्जुन जम्नेली राईले पथरीशनिश्चरे नगरमा नगरपालिका, खेलाडी र स्थानीय व्यवसायीको साथ पाएमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता गर्न सकिने बताउनुभयो ।