कानेपोखरी तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
- २३ जेष्ठ २०८२, बिहीबार
मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बाग्लुङ जिल्लाले चुमेको छ ।
जनसेवा माविमा १७ गते राती सम्पन्न १० औं राष्ष्ट्रिय सि.एच. आईटिएफ तेक्वान्दो च्यामपियनसिपको उपाधी बाग्लुङ जिल्लाले चुमेको हो । बाग्लुङले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको हो । जिल्लाले २० स्वर्ण पदक जितेसँगै प्रथम भएपछि च्यामपियनको उपाधी चुमेको थियो । च्यामपियनसिपको उपाधी मोरङ कानेपोखरी गाउँपालिका ६ मा स्थापित माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमीले प्रायोजन गरेको थियो ।
त्यस्तै प्रतियोगिताबाट १४ वटा स्वर्ण पदक प्राप्त गर्ने भक्तपुर जिल्लाले फस्ट रन अफ को उपाधी हात पारेको छ । भक्तपुरले १० हजार नगद, ट्रफी र मेडल प्राप्त गरेको थियो । फस्ट रन अफ को उपाधी कानेपोखरी ६ रमाइलोमा स्थापित जेनिथ इङ्लिस स्कुलले प्रायोजन गरेको खेल संयोजक युवराज भुजेलले बताए ।
त्यस्तै प्रतियोगितामा ४ वटा स्वर्ण पदक जित्दै रुपन्देही जिल्लाले सेकेण्ड रन अफ को उपाधि चुमेको छ । उपाधि स्वरुप नगद ५ हजार, ट्रफी र मेडल प्राप्त गरेको थियो । तीन दिनको खेल अवधिमा अनुशासित जिल्लाको उपाधि तेह्रथुम जिल्लाले प्राप्त गरेको छ । तेह्रथुम जिल्लाले रु ५ हजार पर्ने ट्रफी सहित मेडल प्राप्त गरेको थियो ।
त्यस्तै खेल अवधिभर वेस्ट प्लेयर सिनियर पुरुषतर्फ २ वट स्वर्ण र १ वटा रजत पदक प्राप्त गर्ने भक्तपुरको आयन श्रेष्ठले पुरस्कार प्राप्त गरेको छ । वेस्ट प्लेयर जुनियर पुरुष तर्फ १ वटा स्वर्ण र १ वटा कास्य पदक प्राप्त गर्ने रुपन्देहीका प्रिन्सि दर्लामीले पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै सिनियर महिलातर्फ २ वट स्वर्ण पदक प्राप्त गर्ने भक्तपुरकी रेसा थापाले वेस्ट प्लेयरको पुरस्कार प्राप्त गरेकी छिन् । त्यस्तै जुनियर महिला तर्फ ३ वटा स्वर्ण पदक प्राप्त गर्ने भक्तपुरकी रेणी शाहीले वेस्ट प्लेयरको उपाधि चुमेकी छिन् ।
त्यस्तै खेलअवधिभर २ वटा स्वर्ण पदक जितेर मोरङ चौथो स्थान प्राप्त गरेको छ । त्यस्तै तह्रथुम जिल्लाले १ वटा स्वर्ण पदक, कस्की जिल्लाले १ र नवलपरासी जिल्लाले १ वटा स्वर्ण पदक जितेको छ ।
खेलमा ग्रुप प्याटन सिनिय र जुनियर खेलमा प्रतिस्पर्धा गरिएको थियो । २० केजी तौल समूहदेखि ८० केजी तौल समूहको महिला र पुरुषको खेलहरुमा प्रतिस्पर्धा भएको थियो ।
१० औं राष्ट्रिय खेलको लागि नवलपरासी, बाग्लुङ, रुपन्देही, पाल्प, गुल्मी, तेह्रथुम, काठमाडौं, भक्तपुर, कास्की, काभ्रे, म्यादी र मोरङ गरी १२ वटा जिल्लाबाट ३२५ जना खेलाडीहरु सहभागि भएका थिए ।
खेलमा आस्मा श्रेष्ठ, नितेन कुमार रौनियार, रगुन श्रेष्ठ, कृष्ण कुमार थापा मगर र दिपेन्द्र बुढा मगर, जुरी तथा निर्णायकको भूमिकामा रहेका थिए ।
त्यस्तै सनिल तामाङ, सनसिला पटेल, दिनेश वि.क., सन्देश घर्ति, जीवन रसाइली, सुजन बुढा मगर, एलिस घर्ति मगर, निस्तुला शर्मा, पुजा बि.क., प्रियङ्का सुनार, प्र्रविना पुन, अनिता तामाङ, सुदिप थापा मगर, सुदिप विश्वकर्मा र आयुश राना मगर रेफ्रीको भूमिकामा रहेका थिए । आयोजक तथा कोशी प्रदेश सि.एच. आईटिएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेलले निर्णायक र रेफ्रिहरुलाई मायाको चिनो र प्रमाण–पत्र प्रदान गरेका थिए ।







