डाक्टर सजिनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

  • २८ जेष्ठ २०८२, मंगलवार

धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सजिना धिमाललाई प्रदान गरिने भएकाे छ ।
धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल, मंगलबारेमा साेमबार बसेकाे बैठकले धिमाल जाति कै पहिलाे एमबिबिएस डा. सजिना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएकाे पुरस्कार छनाैट समितिका संयाेजक अजितकुमार धिमालले जानकारी दिनुभयाे ।
दमक-२, खरखरे निवासी सजिनाले गण्डकी मेडिकल कलेज, पाेखराबाट ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एमबिबिएस) उतिर्ण गर्नु भएकाे हाे । माेरङ, झापा र सुनसरीमा बसाेबास गर्ने धिमाल समुदायबाट एमबिबिएस उतिर्ण गरि समुदाय बाटै पहिलाे डाक्टर हुन सफल हुनु भएकाले उहाँकाे प्रतिभालाई कदर गर्दै धिमाल प्रतिभा पुरस्कार २०८२ बाट सम्मान गर्ने निर्णय गरिएकाे संयाेजक धिमालले जानकारी दिनुभयाे । हरेक बर्ष असार २ गते जातिरी/ सिरिजात पर्व समापनकाे अवसरमा आयाेजित कार्यक्रमकाे अवसरमा याे पुरस्कारबाट एक जना युवा प्रतिभालाई सम्मान गरिदै आएकाे महासचिव मातृका धिमालले जानकारी दिनुभयाे । युवा प्रतिभाहरुलाई प्राेत्साहन गर्ने उदेश्यले हरेक बर्ष धिमाल युवा प्रतिभा पुरस्कारले सम्मान गरिरहेकाे महासचिव धिमालले जानकारी दिनुभयाे ।
सम्मानित व्यक्तित्वलाई नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र र आल्गी धावा ओढाई सम्मान गर्ने गरिएकाे छ । यस अघि बडिबिल्डर विकास धिमाल, गायिका मेचु धिमाल, बडिबिल्डर ललित धिमाल, फुटबलर रजिन धिमाल, तेक्वान्दाे खेलाडि दिपेन धिमाल, गायक राजेश धिमाल, नृत्यङ्गना सरस्वति धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिएकाे छ ।